०७ असार २०८३, आइतबार

योगेश भट्टराईले आगलागी पीडितलाई क्षतिपूर्ति दिन गराए सरकारको ध्यानाकर्षण

योगेश भट्टराईले आगलागी पीडितलाई क्षतिपूर्ति दिन गराए सरकारको ध्यानाकर्षण
फाइल फोटो

नेकपा एमाले सांसद योगेश भट्टराईले ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले आगलागीबाट ५२ घरमा क्षति पुगेको जानकारी दिए ।

आगलागीका घटना बढिरहेको र सदरमुकाममा मात्रै केही वर्षमा ५ पटकसम्म आगलागी भएको उनले बताए ।

‘आगलागी पीडितलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्थापन गर्न र दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडित सरहको सुविधा दिन आग्रह गर्दछु,’ उनले भने ।

उनले दमकलको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

कमेन्ट गर्नुहोस्