१० असार २०८३, बुधबार

देश नै लज्जित हुनुपर्ने अवस्थामा पुग्यो : रविन्द्र मिश्र

देश नै लज्जित हुनुपर्ने अवस्थामा पुग्यो : रविन्द्र मिश्र

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

सोमवार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अहिलेको राजनीति जुन किसिमबाट अगाडि बढिराखेको छ, त्यो अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गरे ।

अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हित विपरीत भएको पनि उनले बताए । ‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडि बढिराखेको छ, त्यो अत्यन्त निन्दनीय छ । त्यो अत्यन्त लज्जास्पद छ । यो देशको स्वाभिमानको हित विपरीत छ । यो राष्ट्रहित विपरीत छ,’ उनले भने ।

संविधानले तय गरेअनुरूप सुसंस्कृत रूपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको पनि बताए । तर अहिले जे भइराखेको छ, त्यो संविधानको विपरीत भइराखेको बताउँदै अध्यक्ष मिश्रले दलहरूले संविधानको सम्मान गर्न सक्नुपर्ने बताए । त्यसबाट मात्रै सुसंस्कृत राजनीति स्थापित गर्न सकिने उनले बताए ।

अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्षदेखि नै धरमराइरहेको टिप्पणी समेत गरेका छन् । नेपालको लोकतन्त्रलाई संस्थागत गर्न ७० वर्षदेखि प्रयास भइरहेपनि अहिले पनि धरमराइरहेको स्थितिमा लोकतन्त्र रहेको बताए ।

‘७० वर्षदेखि नेपालको राजनीतिमा निरन्तर देखिएको समस्या भनेको भ्रष्टाचार हो, असक्षमता हो, सुशासनको अभाव हो, दूर्दर्शिताको अभाव हो । यी सबै अभावहरू र त्यसको साथमा समाजमा विद्यमान विभेद र सिमान्तकृतले जस्ता किसिमका अधिकारको उपभोग गर्न पाउनुपर्थ्यो, तिनको अभावहरू फेरि आफ्नो ठाउँमा छ । ७० वर्ष भइसक्यो नेपालमा लोकतन्त्रलाई संस्थागत गर्नको लागि प्रयास भइराखेको अहिले पनि हेर्नेहो भने लोकतन्त्र धरमराएकै स्थितिमा हो । त्यो संस्थागत भइसकेको स्थितिमा होइन । यो नेपाली राजनीतिको बिडम्बना हो । नेपाल जस्तो देशमा यति लामो अवधिसम्म राजनीति बदलिनु, बारम्बार बदलिनु, २० वर्षमा बिसौं सरकार बदलिनु तर आम नेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष हो,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्