०१ असार २०८३, सोमबार

योगी आदित्यनाथले क्यामराम्यानविरुद्ध मुख छोडे (भिडियो)

चैत २३, २०७७
योगी आदित्यनाथले क्यामराम्यानविरुद्ध मुख छोडे (भिडियो)

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सोमवार भारतीय सञ्चारमाध्यमलाई कोरोनाभाइरसविरुद्ध थप मानिसलाई खोप लगाउनका लागि प्रेरित गर्ने एक भिडियो उपलब्ध गराएका छन् । 

भारतीय समाचार संस्था एएनआईले ट्वीट गरेको आधिकारिक भिडियो क्लिपमा मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गरिएको सुनिन्छ । तर एउटा भागमा आदित्यनाथले हिन्दीको अपशब्द बोलेको सुनिएको छ । त्यतिखेर क्यामरा अन छ कि अफ छ भनी उनलाई थाहा नभएको हुन सक्छ । 

त्यो अपशब्दको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

भिडियोमा आदित्यनाथले एएनआईको माइक्रोफोनका अगाडि उभिएर भिडियोमा बाइट दिइरहेको बेलामा क्यामरा पछाडि गतिविधि हुन्छ र उनको ध्यान भंग हुन्छ । रिसाएको सुरमा उनी हिन्दीको अपशब्द बोल्न पुग्छन् र त्यो पनि रेकर्ड हुन्छ । 

भिडियोमा आदित्यनाथले चुतिया भनेको सुनिन्छ जसको अर्थ मूर्ख भन्ने पनि लाग्छ, अश्लील अर्थ पनि छ । 

भिडियो हेरेर नेटिजनहरूले आश्चर्य मानेका छन् । बहालवाला मुख्यमन्त्रीले यस्तो भाषा उपयोग गर्न नहुने उनीहरूको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्