२५ जेठ २०८३, सोमबार

नेप्सेमा झिनो वृद्धि, बजार पूँजीकरण ३६ खर्ब ७२ अर्ब

चैत २३, २०७७
नेप्सेमा झिनो वृद्धि, बजार पूँजीकरण ३६ खर्ब ७२ अर्ब

आइतवार उच्च अंकले बढेर नयाँ रेकर्ड बनाएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार भने झिनो अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३ विन्दुले बढेर २ हजार ६५८.७४ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०९ विन्दुले बढेर ४७१.८४ मा पुगेको छ ।

कूल २१२ कम्पनीको १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता शेयर ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँमा खरिद बिक्री भयो ।

सोमवारको कारोबारपछि बजार पूँजीकरण पनि नयाँ उचाइमा पुगेको छ । नेप्सेका अनुसार बजार पूँजीकरण ३६ खर्ब ७२ अर्ब ५६ करोड ९८ लाख २० हजार रुपैयाँ बराबर भएको छ । 

कारोबार भएका कूल १३ मध्ये सोमवार ७ उपसमूहको शेयर उकालो लागेको छ । ६ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ११.७९, विकास बैंक १३.४२, वित्त ०.९५, निर्जीवन बीमा १०६.६१, जीवन बीमा ३८.९६ र लगानी ०.८६ विन्दुले ओरालो लागेको छ । 

व्यापार १३२.६५, होटल तथा पर्यटन ११४.८, जलविद्युत् ४६.४९, उत्पादन २४.८, अन्य ३३.०२, लघुवित्त ३४.६३ र सामूहिक ०.०५ ले उकालो लागेको छ । कारोबारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३४ करोड ७५ लाख ६८ हजार ९३ रुपैयाँ बराबरको कारोबार भयो । 

आईएमई जनरल इन्स्योरेन्स ३१ करोड ३४ लाख ९६ हजार १७४ रुपैयाँ, नेपाल पूर्वाधार बैंक २८ करोड ९४ लाख ६३ हजार ८२८ रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स २५ करोड २५ लाख ५२ हजार २९० रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनी १९ करोड पाँच लाख ५० हजार ६२९ रुपैयाँ, नबिल बैंक १५ करोड ५६ लाख ३९ हजार ६१९ रुपैयाँ, चन्द्रागिरि हिल्स १५ करोड १८ लाख ९२ हजार १९६ रुपैयाँ, एनआईसी एशिया बैंक १५ करोड एक लाख ६१ हजार १२९ रुपैयाँ, नेपाल पुनरबीमा कम्पनी १४ करोड ९४ लाख ५२ हजार ७९७ र रसुवागढी हाइड्रोपावर रु १३ करोड ७१ लाख २८ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । 

कारोबारका आधारमा एनआईसी एशिया लघुवित्त ९.९९, राधी विद्युत् कम्पनी ९.९८, बोमी माइक्रोफाइनान्स ९.९५, सानिमा जनरल इन्स्योरेन्स ९.८९, हिमालयन जनरल इन्स्योरेन्स ६.५५, चन्द्रागिरि हिल्स ५.७७, माथिल्लो तामाकोशी ५.३४, साञ्जेन जलविद्युत् कम्पनी ५.२०, पाँचथर पावर ४.९० र मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.७४ प्रतिशतले कमाए । 

गुर्खाज फाइनान्स ४.१२, श्री इन्भेस्टमेन्ट फाइनान्स ३.३६, स्वाभिमान लघुवित्त ३.१३, सप्तकोशी डेभलपमेन्ट बैंक २.९४, लुम्बिनी जनरल इन्स्योरेन्स २.८२, सगरमाथा इन्स्योरेन्स २.६७, प्रिमियर इन्स्योरेन्स २.५८, सूर्योदय लघुवित्त २.४४, घलेम्दी हाइड्रोपावर २.४४ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले २.३९ प्रतिशतले गुमाए । सोमवारको कारोबारपछि पनि नेप्सेले नयाँ उचाइको यात्रा भने कायम नै राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्