२९ जेठ २०८३, शुक्रबार

कोरोना लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले देखायो फिल्म

चैत २४, २०७७
कोरोना लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले देखायो फिल्म

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि विभिन्न उपाय अन्तर्गत लकडाउन पनि एक उपाय हो । मान्छेका गतिविधि नियन्त्रण गरेर भाइरसको फैलावट कम गर्ने उपाय अपनाउँदै भारतका विभिन्न ठाउँमा लकडाउन गरिएको छ ।

भारतको मध्यप्रदेश बैतुलमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले ५६ घण्टे लकडाउन गरेको छ । लकडाउनका बेला समेत मान्छेहरू अनेक बहाना बनाउँदै डुल्न थालेपछि प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।

प्रहरीले लकडाउन उल्लंघन गर्नेहरूलाई नियन्त्रणमा लिएर कोरोनाबारे बनेको जागरण फिल्म देखाइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रोजेक्टरको माध्यमबाट फिल्म देखाएर गरिने सजायका माध्यमबाट सर्वसाधारणलाई सचेतना सम्बन्धी ज्ञान हुने प्रहरीको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्