अमेरिकी अन्तरिक्ष नियोग नासाको ल्यान्डर मार्स इन्साइटले मंगलग्रहमा भूकम्पका दुईवटा कम्पको नुभव गरेको छ ।
इन्साइटले मंगलग्रह पुगेपछि अहिलेसम्म ५०० भन्दा बढी भूकम्पहरू रेकर्ड गरेको छ ।
मंगलग्रहमा आउने कम्पलाई मार्सक्वेक भनिन्छ । यस्ता कम्प पृथ्वीमा आउने भूकम्पभन्दा फरक हुन्छन् ।
पेरिसस्थित फ्रान्स इन्स्टिच्युट अफ फिजिक्सका वैज्ञानिक ताइची कावामुराले मार्च १८ मा आएका दुई कम्पमध्ये एक चन्द्रमाको कम्प जस्तो र अर्को चाहिँ पृथ्वीको भूकम्प जस्तो अनुभव भएको बताए ।
यी कम्पहरू सेरबेरस फोसे क्षेत्रमा आएका हुन् । पृथ्वीमा आउने भूकम्प झैं मंगलग्रहमा कम्पको लहर ग्रहभरि दौडिन्छ ।
चन्द्रमामा चाहिँ कम्प कुनै एक ठाउँमा आएपछि त्यहीँ शान्त हुन्छ, त्यसको कुनै लहर दौडिँदैन ।
मार्स इन्साइटले मंगलग्रहको कम्पको जानकारी लगातार पठाउने गरेको छ ।