०५ असार २०८३, शुक्रबार

उत्तराखण्डका वनमन्त्रीले स्याउला हानेर निभाउन खोजे जंगलको डढेलो (भिडियो)

चैत २४, २०७७
उत्तराखण्डका वनमन्त्रीले स्याउला हानेर निभाउन खोजे जंगलको डढेलो (भिडियो)

भारतको उत्तराखण्ड राज्यमा डढेलो लागेपछि वनमन्त्री हरक सिंह रावतले स्याउला हानेर आगो निभायन खोजेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

तीस सेकेन्डको क्लिपमा रावतले सोमवार स्याउला समातेर डढेलोमा हिर्काएको देखिन्छ ।

विगत ६ महिनामा उत्तराखण्डमा एक हजारभन्दा बढी डढेलोका घटना सार्वजनिक भएका छन् । 

डढेलो निभाउनका लागि उत्तराखण्ड सरकारले केन्द्र सरकार तथा नेसनल डिजास्टर रेस्पोन्स फोर्ससँग सहयोग माग्दै गर्दा मुख्यमन्त्री तिरथ सिंह रावतले राज्यका सरकारी अधिकारीहरूसँग परामर्श गरेका छन् । 

गत जनवरी महिनालेखि उत्तराखण्ड, हिमाचल प्रदेश र नागाल्यान्ड–मणिपुर सीमामा डढेलोका घटना सार्वजपनक भएका छन् । मानवीय गतिविधिका कारण डढेलो लागेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्