
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अंकले बढेर २ हजार ६७४.४६ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३४ विन्दुले बढेर ४७६.१८ मा पुगेको छ । कूल २१३ कम्पनीको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।
मंगलवारको कारोबारपछि बजार पूँजीकरण झण्डै ३७ खर्ब रुपैयाँको नजिक पुगेको छ । नेप्सेका अनुसार ३६ खर्ब ९४ अर्ब ४२ करोड ७९ लाख ३० हजार रुपैयाँ हाराहारीमा बजार पूँजीकरण पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये मंगलवार ६ उपसमूहको शेयर ओरालो लाग्दा ७ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.५९, व्यापार ४३२.२५, वित्त ३.३६, निर्जीवन बीमा २८७.७६, अन्य ३.९, जीवन बीमा १९१.४२ अंकले ओरालो लागेको छ । होटल तथा पर्यटन २०५.७९, विकास बैंक २९.९७, जलविद्युत् ११४.०५, उत्पादन १८३.९१, लघुवित्त ६४.१९, सामूहिक लगानी कोष ०.०२ र लगानी २.७२ विन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा मंगलवार नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३९ करोड ८० लाख ५७ हजार २३६ रुपैयाँ बराबरको कारोबार भयो । चिलिमे जलविद्युत् कम्पनी ३१ करोड १० लाख ६३ हजार ९५५ रुपैयाँ, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी २९ करोड २० लाख ६० हजार ८३, हिमालयन डिस्टिलरी २२ करोड १८ लाख ३७ हजार ६४३, हिमालयन जनरल इन्स्योरेन्स २१ करोड २८ लाख ६१ हजार ८४२, नेपाल बैंक १७ करोड ६८ लाख ९५ हजार ८९०, अजोड इन्स्योरेन्स कम्पनी १६ करोड ६१ लाख ३७ हजार ४८६, बुटवल पावर कम्पनी १६ करोड २ लाख ७३ हजार ७६७, नेपाल दूरसञ्चार कम्पनी १५ करोड २९ लाख ९९ हजार ९३ र रसुवागढी हाइड्रोपावर १४ करोड ७८ लाख ७२ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा चिलिमे जलविद्युत् कम्पनी, युनिभर्सल पावर युनाइटेड इदी मर्दी हाइड्रोपावर र चन्द्रागिरि हिल्सको शेयरमा मंगलवार सकारात्मक सर्किट लाग्यो । ती कम्पनीका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । यसैगरी बोमी माइक्रोफाइनान्स ९.९५, एनआईसी एसिया लघुवित्त ९.९३, महिला लघुवित्त ९.९३, साञ्जेन जलविद्युत् कम्पनी ९.८९, शिवश्री हाइड्रोपावर ९.८१ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.८७ प्रतिशतले आर्जन गरे ।
साल्ट टे«डिङ कर्पोरेसनको शेयरमा नकारात्मक सर्किट लाग्यो । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाउँदा सानिमा जनरल इन्स्योरेन्स ८.७८, अजोड इन्स्योरेन्स ८.७२, युनाइटेड फाइनान्स ५.९६, जनरल इन्स्योरेन्स ५.१३, आइएमई जनरल इन्स्योरेन्स ४.३९, इन्भेस्टमेन्ट ३.०९, प्रुडेन्सियल इन्स्योरेन्स २.९९, युनाइटेड इन्स्योरेन्स २.९४ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.९१ प्रतिशतले गुमाए ।