१६ असार २०८३, मंगलबार

न्युयोर्कको भवनमा भीषण आगलागी, २१ जना घाइते

चैत २५, २०७७
न्युयोर्कको भवनमा भीषण आगलागी, २१ जना घाइते

अमेरिकाको न्युयोर्कस्थित क्वीन्समा रहेको एक भवनमा मंगलवार भीषण आगलागी हुँदा २१ जना घाइते भएका छन् । 

३५० भन्दा बढी अग्निनियन्त्रक आगो निभाउनका लागि खटिएका थिए । 

घाइते हुनेमा १६ जना अग्निनियन्त्रक र पाँचजना सर्वसाधारण रहेको फायर डिपार्टमेन्ट अफ न्युयोर्कका डेपुटी असिस्टेन्ट चीफ माइकल गालाले बताए । कसैलाई पनि गम्भीर चोटपटक भने लागेको छैन । 

उक्त भवनमा १५० वटा अपार्टमेन्ट छन् । आगोका कारण लगभग २४० जना विस्थापित भएको गालाले बताए । रेडक्रसले विस्थापित परिवारलाई सहायता गरिरहेको छ । 

आगो छैटौं तल्लामा रहेको एक अपार्टमेन्टबाट शुरू भएको थियो । त्यसपछि त्यो क्रमशः माथिका तल्लाहरूमा चढ्दै गयो । 

आगो लागेको अपार्टमेन्टका मानिस ढोका खोलेर भागेपछि आगो फैलिएको बताइएको छ । आगोले भवनको एक भाग पूरै क्षतिग्रस्त पारेको छ । 

आगलागीको भिडियोमा ज्याकसन हाइट्समा रहेको रातो घरको छतबाट धूवाँ निस्किएको देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्