३१ जेठ २०८३, आइतबार

यस्तो देखियो मंगलग्रहमा ‘इन्द्रधनुष’

चैत २५, २०७७
यस्तो देखियो मंगलग्रहमा ‘इन्द्रधनुष’

मंगलग्रहमा अमेरिकी अन्तरिक्ष नियोग नासाले पठाएको मार्स रोभर पर्सिभियरेन्सले ‘इन्द्रधनुष’ जस्तो देखिने वस्तुको गजबको तस्वीर खिचेर पठाएको छ । 

नासाले ट्वीट गरेर यसको जानकारी दिएको छ । फोटोको क्याप्सनमा लेखिएको छ, ‘धेरै मानिसले यो मंगलग्रहको इन्द्रधनुष हो भनी सोधेका छन् । मंगलमा इन्द्रधनुष बन्न सक्दैन । इन्द्रधनुष प्रकाश परावर्तन तथा पानीका साना

थोपाको संयोजनबाट बन्छ र त्यो बन्नका लागि मंगलमा पर्याप्त पानी छैन । त्यो खासमा रोभरको क्यामराको लेन्समा प्रकाश टल्किएको मात्र हो ।’
 

मंगलग्रहमा वातावरण एकदमै सुक्खा छ । त्यहाँको वातावरणमा लगभग ९५ प्रतिशतसम्म टक्सिक कार्बनडाइअक्साइड छ । त्यसबाहेक ४ प्रतिशत नाइट्रोजन छ भने १ प्रतिशत अक्सिजन र वाष्प छ । 

मार्स रोभरले फेब्रुअरी १८ मा यो तस्वीर खिचेको थियो । त्यसदिन रोभर मंगलग्रहमा अवतरण गरेको थियो । 

नासाको सोलर सिस्टम एक्सप्लोरेसन प्रोग्राम एक्जेक्युटिभ डेभ लावरीले तस्वीरमा देखिएको रंगको रेखा मंगलग्रहको धूलो पनि हुन सक्ने र सूर्यको प्रकाशले त्यो टल्किएको हुन सक्ने बताए । अनि लेन्सको चमकले पनि यस्तो दृश्य देखाएको हुनसक्ने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्