म्यान्मार : सुरक्षाकर्मीको गोली लागी ५ जनाको मृत्यु

म्यान्मारमा सेनाले गरेको कूका विरुद्ध प्रदर्शन गरिरहेका पाँचजना विरोधकर्ताहरूलाई सुरक्षाकर्मीहरूले गोली हानेर बुधवार हत्या गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । कैयौं मानिस घाइते भएका छन् । 

गत फेब्रुअरी १ मा कू भएयता ५८० भन्दा बढी मानिस मारिएका छन् । सेनाले घातक बल प्रयोग गरिरहेको भए पनि विरोध प्रदर्शन बन्द भएका छैनन् । 
 


Advertisement

उत्तरपश्चिमी शहर केलमा बुधवार सुरक्षाकर्मीहरूले फायर खोलेका थिए । विरोधकर्ताहरू आङ सान सू चीनको निर्वाचित सरकार पुनर्बहालीको माग गरिरहेका छन् । 

युवाले नेतृत्व गरिरहेको आन्दोलनमा अभियान चलाउन तथा सामाजिक सञ्जालमार्फत जानकारी शेयर गर्न गाह्रो परिरहेको छ किनकि ब्रोडब्यान्ड ताररहित इन्टरनेट तथा मोबाइल डेटा सेवा बन्द गरिएका छन् । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्