३१ जेठ २०८३, आइतबार

प्रहरीबाट भागेका अपराधी ट्याटूका कारण परे पक्राउ

चैत २५, २०७७
प्रहरीबाट भागेका अपराधी ट्याटूका कारण परे पक्राउ

इटलीबाट अपराध गरेर भागेका एक अपराधीलाई यूट्युबमा राखिएको खाना पकाएको भिडियो हेरेर प्रहरीले पक्राउ गरेको छ । भिडियोमा उनका ट्याटूहरू देखिएका थिए । 
 

मार्क फेरेन क्लाउड बियार्टलाई मार्च २४ मा बोचा चिचा शहरमा पक्राउ गरिएको थियो । डोमिनिकन रिपब्लिकमा रहेको उक्त शहरमा उनी कोस्टारिकाबाट पाँच वर्षअघि आइपुगेका थिए । 

खासमा बियार्ट कोस्टारिका पनि इटलीबाट भागेर पुगेका थिए । उनलाई कालाब्रियामा रहेको न्द्रानगेता माफिया संगठनका लागि लागूऔषध ओसारपसार गरेको आरोपमा सन् २०१४ मा इटलीका एक मजिस्ट्रेटले पक्राउ आदेश जारी गरेका थिए । 
 

बियार्ट बोचा चिचामा बस्ने इटालेली नागरिकहरूको ध्यान आकर्षित नहोस् भनी दूरी कायम गर्ने गर्थे । 

तर बियार्टले एउटा ठूलो भूल गरे । उनी र उनकी पत्नीले इटालेली खानेकुरा बनाएको भिडियो यूट्युबमा पोस्ट गर्ने गरेका थिए । भिडियोमा बियार्टको अनुहार नदेखाइने गरेको भए पनि प्रहरीले उनको ट्याटूबाट उनलाई चिन्यो ।
 

salt training

कमेन्ट गर्नुहोस्