कोरोनाभाइरसको प्रकोपका कारण जूम कलहरू बेस्सरी हिट भएको बेलामा चेक गणतन्त्रका चिडियाखानामा पनि जनावरहरूका लागि यस्तो सुविधा उपलब्ध गराउन थालिएको छ ।
चिडियाखानामा मानिस आउन नपाएपछि जनावरहरू बोर हुन थालेका थिए । त्यसपछि सफारी पार्क द्भुर क्रालोभका चिम्पान्जीहरूले १५० किलोमिटर पर रहको ब्रनोको चिडियाखानामा रहेका अन्य चिम्पान्जीहरूसँग ठूलो स्क्रीनमा जूम वार्ता गर्न थालेका छन् ।
चिम्पान्जीहरू स्क्रीन हेरेर दंग पर्ने गरेका छन् ।
‘
शुरूमा त उनीहरू स्क्रीनतिर आक्रामक भएर झम्टिन खोजेका थिए,’ द्भुर क्रालोभ चिडियाखानाकी कर्मचारी गाब्रिएला लिनहार्तोभाले बताइन् ।
‘त्यसपछि उनीहरू फिल्म हलमा गएर हेरे झैं गरी बस्न थाले ।’
सोफामा बसेर खानेकुरा खाँदै टीभी हेर्ने मानिसको जस्तो स्वभाव अपनाउँदै चिम्पान्जीहरू बदाम चपाउँदै स्क्रीन हेर्ने गरेका छन् ।
चिम्पान्जीहरूको भिडियो सम्मेलन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुने गरेको छ ।
एजेन्सी