
अमेरिकन प्रख्यात शो गेम अफ थ्रोन्सको १० बर्षे वार्षिकोत्सव मनाउने घोषणा भएको छ ।
सो कार्यक्रम एक महिनासम्म चल्ने बताइएको छ ।
दुई बर्ष देखि बन्द भएको लोकप्रिय शो गेम अफ थ्रोन्सको अप्रिल १७ देखि प्रीमियर गरेर १० औं वार्षिकोत्सव मनाइने भएको छ।
एचबीओले यसलाई आईरन एनिभर्सरीको नाम दिएको छ।
गेम अफ थ्रोन्सको श्रृंखला समाप्त भए पनि यसको फ्रेंचाइज शो लामो समय सम्म चलिरहने जुन हाउस अफ द ड्रैगनको शीर्षकमा यस बर्षनै सुरु हुने पनि एचबीओको सोसिअल आकाउन्ट मार्फत बताइएको छ।