
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारबाट बच्नका लागि महिलाहरूलाई पर्दा लगाउन सुझाव दिएपछि आलोचना भइरहेको छ ।
उनकी कटु आलोचक पूर्वपत्नी जेमिमा गोल्डस्मिथले कुरानलाई उद्धृत गर्दै पुरुषहरूको आँखामा पर्दा लगाउन सिकाइएको, महिलाहरूलाई पर्दा लगाउन हैन भने ।
जेमिमाले भनिन्, ‘पुरुषहरूलाई संयम कायम राख्न र गुप्तांगलाई छोपेर राख्न भन ।’
इमरानकै अर्की पूर्व पत्नी रेहम खानले इमरान जति कम बोल्छन्, उनका लागि त्यति फाइदा हुने बताइन् ।
यसअघि इमरान खानले पाकिस्तानमा अश्लीलता बढ्नुमा भारत र युरोप जिम्मेवार रहेको बताएका थिए ।
उनले भने, ‘हामीले पर्दा प्रथालाई प्रोत्साहन गर्नुपर्छ । यसले प्रलोभनबाट बचाउँछ । दिल्लीलाई रेप क्यापिटल भनिन्छ र युरोपमा अश्लीलताले उनीहरूको पारिवारिक व्यवस्था ध्वस्त पारेको छ ।’
इमरान खानलाई सामाजिक सञ्जालमा मजाक उडाइएको छ । उनले अन्डरवेयर मात्र लगाएको र बिकिनी लगाएकी महिलासँग धेरै पहिले खिचाएको तस्वीर देखाएर मानिसहरू उनलाई उडाइरहेका छन् ।