बलिउड अभिनेता कार्तिक आर्यनले हालै नयाँ गाडी किनेका छन् र त्यसको चर्चा व्यापक भइरहेको छ ।
उनले विलासी गाडी लाम्बोर्गिनी उरुस किनेका हुन् ।
कोरोनाबाट निको भएर उनी नयाँ कारमा चढेको देखिएको छ ।
यसैबीचमा उनको एउटा रमाइलो भिडियो भाइरल बनिरहेको छ । उनी राति कार चलाएर गइरहेको बेलामा पापाराजीले देखेपछि उनले कार रोके अनि ओर्लेर गाडीलाई झुकेर बोनेटको तल्लो भाग छोए । उनले कारको गोडा छोएर सम्मान गरेका हुन् ।
सेलेब्रिटी फोटोग्राफर विरल भयानीका अनुसार, आफ्नै मेहनतको कमाइले गाडी किनेकाले त्यसलाई ढोगेका हुन् ।
तर कार्तिकले लटरीमा कार जितेको भए पनि यसैगरी ढोग्ने थिएँ भनी लेखे ।
भिडियो भाइरल भएपछि केही प्रयोगकर्ताले यो नौटंकी भएको बताएका छन् भने केहीले कार्तिकको प्रशंसा गरेका छन् ।
कार्तिकले किनेको कारलाई साढे ४ करोड भारु पर्छ । अनि इटलीबाट मुम्बई ल्याउनका लागि उनले थप ५० लाख भारु खर्च गरेका हुन् ।
कार्तिकसँग पहिल्यै बीएमडब्ल्यू कार छ ।