०९ असार २०८३, मंगलबार

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर

चैत २६, २०७७
पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर

नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन् ।

बुधवार भएको महासंघको २६ औं महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गरेका छन् ।

ललितपुरमा कूल मतदाता ४५४ रहँदा ३८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसियशनका अध्यक्ष अर्जुन महर्जनले जानकारी गराए ।

महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । बिहीवार बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार ३० मत ल्याएर पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्य (शिव) ले २७ मत प्राप्त गरे ।

बुधवार भएको मतदानमा ६२ मतदातामध्ये ५८ मत खसेकोमा १ मत खाली परेको थियो । 

उपाध्यक्षमा हरिकृष्ण गौतमले (२९), महिला उपाध्यक्षमा रुद्रकुमारी खत्रीले (३०), सचिवमा सन्तोष गौतम (२९), कोषाध्यक्षमा अमित विश्वकर्मा (३०), सहसचिवमा प्रमोद शर्मा (३२), समावेशी सहसचिवमा साधन घर्ती राम्जालीले (२९ मत) प्राप्त गरी विजयी भए ।

खुला सदस्यतर्फ कृष्ण जिसी, सन्दिप खत्री, कमल खत्री, अमृत बाँस्कुने, सन्दिप शर्मा रिजाल विजयी भए । दलित सदस्यमा पदम विश्वकर्मा, समावेशी सदस्यमा नजराना सिंह ठकुरी विजयी भएका मुख्य निर्वाचन अधिकृत प्रेमबहादुर कार्कीले बताए ।

केन्द्रीय परिषद् सदस्य सविता बानियाँ र धु्रवसागर शर्मा, महिला सदस्यमा जेनिसा पुरी, जनजाती सदस्यमा सुदर्शनकुमार श्रेष्ठ, प्रदेश परिषद् सदस्यमा निर्मल खत्री, विक्रम बोगटी, अमर बानियाँ र देवीप्रसाद शर्मा निर्विरोध निर्वाचित भए ।

salt training

कमेन्ट गर्नुहोस्