०१ असार २०८३, सोमबार

रिमोर्ट खोसाखोस हुँदा बुवाको पक्ष लिने ३ वर्षीया छोरीको आमाले गरिन् हत्या

चैत २६, २०७७
रिमोर्ट खोसाखोस हुँदा बुवाको पक्ष लिने ३ वर्षीया छोरीको आमाले गरिन् हत्या
प्रतिकात्मक तस्वीर

आमाले ३ वर्षीया छोरीको हत्या गरिन् भन्दा सामान्यतया विश्वास लाग्दैन । तर भारतको पश्चिम बेङलुरुकी सुधाले छोरीको हत्या गरेकी छन् ।

घरभित्र टेलिभिजनको रिमोर्ट खोसाखोस हुँदा बुवाको पक्ष लिने भएपछि २६ वर्षीया सुधाले छोरीको हत्या गरेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

छोरीले बुवाको पक्ष लिने भएपछि सुधा असन्तुष्ट थिइन् । सुधाले छोरीलाई एउटा निर्माणाधीन घरमा लगेर घाँटी च्यापेर हत्या गरेकी जनाइएको छ ।

हत्यापछि सुधाले छोरी हराएको सूचना प्रहरीमा दिएकी थिइन् । घरबाहिर चाटको पसलमा पैसा तिर्ने बेला छोरी हराएको जानकारी निवेदनमा दिइएको थियो ।

अर्काे दिन निर्माणाधीन घर नजिकैबाट जाँदा एक जनाले बालिकाको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले सुधासँग सोधपुछ गर्‍यो र शंकास्पद बयान दिएपछि थप अनुसन्धान गर्दा सुधाले छोरीको हत्या गरेको स्वीकारेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्