०२ असार २०८३, मंगलबार

युरोपेली आयोगकी अध्यक्ष उर्सुलालाई टर्कीले गर्‍यो अपमान, बस्ने कुर्सी समेत दिएन (भिडियो)

चैत २६, २०७७
युरोपेली आयोगकी अध्यक्ष उर्सुलालाई टर्कीले गर्‍यो अपमान, बस्ने कुर्सी समेत दिएन (भिडियो)

युरोपेली आयोगकी प्रथम महिला अध्यक्ष उर्सुला फोन देर लेयनलाई टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनसँगको भेटका क्रममा कुर्सी उपलब्ध नगराएर अपमान गरिएको भिडियो सार्वजनिक भएको छ । 

जर्मन नागरिक उर्सुला युरोपेली परिषद्का अध्यक्ष तथा बेल्जियमका पूर्व प्रधानमन्त्री चार्ल्स मिशेल तथा एर्दोआनसँग राष्ट्रपति भवनको बैठक कोठामा सँगै प्रवेश गरेकी थिइन् । उनीहरू दुईजना कुर्सीमा बसे अनि उर्सुला अकमक्क परेर उभिइन् र कुम खुम्च्याइन् । 

‘हँ,’ भन्दै उनले कुुर्सीतिर संकेत गरिन् । तर मिसेल र एर्दोआन कुर्सीमा बसिरहे । पछि उर्सुला नजिकैको सोफामा गएर बसिन् । 
 

एर्दोआनसँग तीन घन्टाको बैठक हुनुअघि यो अप्ठ्यारो दृश्य देखिएको थियो । उक्त बैठकमा टर्कीले लैंगिक हिंसाविरुद्धको महासन्धिबाट हात झिकेको विषय लगायतमा युरोपेली संघका नेताहरूले कुरा गरेका थिए । 

मिसेल एर्दोआनसँगै मुख्य कुर्सीमा बसे अनि उर्सुलाले कुर्सी नपाएकोमा कुनै पश्चात्ताप गरेनन् । त्यसपछि उर्सुलाले टर्कीका परराष्ट्रमन्त्रीसँगै दोस्रो दर्जाको सोफामा बस्नुपरेको थियो ।

बुधवार उर्सुलाका प्रवक्ताले यस्तो अपमान फेरि कहिल्यै दोहोरिन नहुने र मर्यादाका लागि अपमान सहेर भए पनि बैठकमा सहभागिता जनाएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्