
बिल ह्वाङले मार्च महिनाको आरम्भतिर लोभमा नियन्त्रण गरेको भए अहिले अर्बपतिको सूचीमा उनको नाम दरिन सक्थ्यो ।
सन् २०१३ मा उनको हेज फन्ड बन्द हुँदा २ करोड डलर जम्मा भएको थियो । उनले स्कट मार्केटमा लगानी गरेर त्यसबाट बेस्सरी कमाउँदै गए । गर्दागर्दै उनले २० अर्ब डलर कमाउन पुगे ।
तर मार्च महिनाको अन्त्यतिर ह्वाङको आर्चेगोस क्यापिटल म्यानेजमेन्ट अचानक ध्वस्त भयो । आधुनिक वित्तीय इतिहासको सबभन्दा उल्लेखनीय विफलतामध्ये यो पनि एक हो । कुनै पनि व्यक्तिले यति छिटो यति ठूलो रकम गुमाएको इतिहास छैन ।
ह्वाङलाई सानो घेराभन्दा बाहिरका मानिसले चिन्दैनथिए ।
पब्लिक स्टकका प्रमुख शेयरधनीको नाम सार्वजनिक गर्ने गरिए पनि ह्वाङको आर्चेगोस कहिले पनि देखापरेको थिएन ।
त्यसैले मार्च २६ मा विश्वभरका लगानीकर्ताहरूले आर्चेगोस नामक कम्पनीले ऋण चुकाउन नसकेको खबर आउँदा बिल ह्वाङ को हो भनी आश्चर्य मानेका थिए ।
उनी अरूसँग पैसा सापटी लिएर शेयर बजारमा जुवा खेलिरहेका थिए । उनी डुबेपछि अरू पनि सँगै डुबे ।
ह्वाङलाई पैसा दिने क्रेडिट सुइस ग्रूप एजीले ४.७ अर्ब डलर डुबायो । त्यसपछि शीर्ष अधिकारीहरूको पद खुस्केको छ ।
नोमुरा होल्डिंग्स इन्कले दुई अर्ब डलर गुमाउने भएको छ ।