भारतमा कोरोनाभाइरसका केसहरू निरन्तर बढ्दै जाँदा विभिन्न राज्यले यसको व्यवस्थापनका उपाय अपनाइरहेका छन् ।
अधिकारीहरूले विभिन्न किसिमका पूर्वसतर्कताहरू अपनाइरहेको भए पनि केही मानिस गर्नुपर्ने न्यूनतम नियमको पालना पनि गरिरहेका छैनन् ।
धनाढ्य व्यापारी आनन्द महिन्द्राले एक यस्तो व्यक्तिको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् जो पारदर्शीको शीशाको पार्टिसनमा बनाइएको प्वालबाट समेत टाउको पसाएर कर्मचारीसँग कुरा गरिरहेको छ ।
‘हामी सामाजिक दूरीमा अभ्यस्त छैनौं । तर हामीले टाउको पछि तानेर मास्क लगाउनपर्नेछ,’ उनले क्याप्सनमा लेखे ।
यो तस्वीर कहिले र कसले खिचेको हो भन्ने पत्ता लागेको छैन तर यसप्रति अनेकौं प्रतिक्रिया आइरहेका छन् ।