
सोमवारका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सोमवार दिउँसो २ बजेका लागि बैठक तय भएको थियो । बैठकमा क्रियाशील सदस्यता विवाद समाधान, महाधिवेशन कार्यतालिका संशोधनलगायतका विषयमा छलफल हुने बताइएको थियो ।