×

NMB BANK
NIC ASIA

कांग्रेसको 'निचोड'

प्रयत्न एउटा कुरा भयो, कांग्रेसको नेतृत्वमा सरकार बन्ने देखिएन : रमेश लेखक [अन्तर्वार्ता]

कांग्रेसले बहुमत पुर्‍याउन नसक्ने, ओलीसँग बहुमत नरहने अवस्थामा चुनावको विकल्प के रह्यो ?

चैत ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको १० दिन पुगिसकेको छ ।

Muktinath Bank

नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) कांग्रेसको नेतृत्वमा सरकार बनाउन इच्छुक नदेखिँदा वैकल्पिक सरकार गठनको सम्भावना कमजोर बन्दै गएको विश्लेषण हुन थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैकल्पिक सरकार गठनको निर्णय गरेको कांग्रेसको ध्यान पार्टीको महाधिवेशन र अर्ली-इलेक्सनको तयारीतर्फ केन्द्रित देखिन्छ । कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन र अर्ली-इलेक्सनको सम्भावनाबारे नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकसँग लोकान्तरका लागि सुशील पन्तले कुरा गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश : 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसले चैत २० गते प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नै पार्टीको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्ने निर्णय गरेको थियो, त्यसको तयारी कसरी अगाडि बढेको छ ? 

Vianet communication
Laxmi Bank

त्यो त बाहिर सार्वजनिक पनि भएकै छ । पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भनेर भनेको छ । किन भनेर कारण पनि दिएको छ । अहिलेको सरकारले जनता र मुलुकको हितमा काम गरेन भनेर भनी राखेका छौं । प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुनःस्थापना गरिसकेपछि त यो सरकारलाई शासनमा बसिरहने प्रधानमन्त्रीले काम गर्ने कुरा अनैतिक पनि भयो । नैतिकताका आधारमा राजीनामा गर्नुपर्छ पनि भनेको हो ।

हामी प्रतिपक्षी दल भएको नाताले प्रधानमन्त्रीले राजीनामा दिएपछि हामी वैकल्पिक सरकार दिनका लागि तयार रहनुपर्छ । र, वैकल्पिक सरकार दिनका लागि हामी प्रयत्न गर्छौं भन्ने आधारमा वैकल्पिक सरकार दिन तयार छौं भनेको हो । आफ्नै नेतृत्वमा है, यो प्रस्ट हो । वैकल्पिक सरकार त हो नै, तर आफ्नै नेतृत्वमा । त्यसपछि तीन दलका नेताहरूसँग बसेर हामीले औपचारिक रूपले सहयोग मागिसकेका छौं । दुई दलले के निर्णय गर्छन्, त्यसको आधारमा भर पर्छ । 

सरकारको नेतृत्व लिने साँच्चिकै इच्छाशक्ति सहित निर्णय भएको हो कि, कार्यकर्तालाई देखाउने राजनीतिक खपतको निर्णय थियो त्यो ? 

नगर्ने भए त किन गरिन्थ्यो र निर्णय ? सक्दासम्म आफ्नै नेतृत्वमा सरकार बनाउने हो । 

कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने परिस्थिति र सम्भावना छ त ? 

आफ्नै नेतृत्वमा सरकार गठनको प्रयत्न गर्ने कुरा एउटा भयो, तर मैले बन्ने देखिराखेको छैन । सरकार बन्नका लागि कांग्रेस, माओवादी र जसपा मिल्नुपर्छ । माओवादीको कुरा प्रस्ट देखिन्छ, जसपाको कुरा प्रस्ट छैन । जसपाले संस्थागत र विधिवत ढंगले कुरा गरिसकेपछि मात्र यो कुरा सुनिश्चित हुन्छ, तबसम्म यो कुराको सुनिश्चितता छैन । 

वैकल्पिक सरकार बनाउने कुरा गर्नुभयो, सरकारको नेतृत्वमा जसपाले दाबी गर्‍यो भने ? 

अहिले हामीले त्योबारे छलफल पनि गरेका छैनौ र निर्णय पनि गरेका छैनौं । अहिले हामीले निर्णय गरेको भनेको आफ्नै नेतृत्वमा सरकार बनाउने हो । 

तत्काल आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको सम्भावना छैन भने कांग्रेसको भित्री मनसाय र रुची अर्ली-इलेक्सनतिर हो ? 

भित्री मनसाय, रुचि, इच्छा त होइन । दुईवटा कुरा प्राथमिकता हो । पहिलो प्राथमिकता यो सरकारलाई विस्थापन गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने हो । सम्भव भएन भने निर्वाचन नै हो । मलाई के लाग्छ भने, यो सरकारलाई हटाएर कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन सक्छ, त्यो स्थिति बन्यो भने हाम्रो नेतृत्वमा सरकार बनाउने हो । गर्ने त त्यही हो, त्यो भएन भने निर्वाचन नै हो । 

स्थिति के देखिने भयो भने प्रतिनिधि सभाले अर्को सरकार दिन नसक्ने । एउटा अनैतिक र नालायक सरकार जनताले बोकिराख्नु पर्ने । त्यसका लागि अर्को विकल्प के भयो त ? त्यसका लागि जनतामा जाने । जनताले जे भन्छ, त्यो मान्ने । 

यसअघि जस्तै प्रतिनिधि सभा विघटन गरेर फेरि चुनावमा जाने बेलामा संवैधानिक अड्चन आउला नि ? 

नेपाली कांग्रेस राजनीतिक पार्टी हो । नेपाली कांग्रेसले संविधानको धारामा अल्झिएर मुलुकलाई अन्योलमा राख्नु हुँदैन भन्ने कुरा मलाई हिजो पनि लागेको थियो । त्यो भनेको के भने संविधानको मूल भाव के हो ? संविधानको धारा ७६ को कुरा गर्नुस्, ८५ को कुरा गर्नुस् । त्यसको मूल भाव भनेको स्थिरता हो । त्यसको मूल भाव भनेको वैधानिक र नैतिक सरकार हो नि !

प्रतिनिधि सभामा बहुमत भएको सरकार हो नि ! प्रतिनिधि सभामा बहुमत नहुने अनि अनैतिक सरकार रहिरहने ? प्रतिनिधि सभाले अर्को सरकार दिन नसक्ने भयो भने त्यहाँ के गर्ने ? त्यहाँनेर संविधानको धारामा अल्झिरहनुहुन्छ कि राजनीतिक निर्णय गरेर अगाडि बढ्नुहुन्छ ? 

त्यसकारण संविधानको प्रक्रिया पूरा गर्नुपर्ने कुरा आफ्नो ठाउँमा छँदै छन्, संविधानले परिकल्पना नगरेको ठाउँमा पुर्‍यायो भने के गर्नुहुन्छ ? सबै कुरा त संविधानले कल्पना गरेको हुँदैन नि ! संविधानले वैकल्पिक सरकार दिने कुरा गरेको छ, तर प्रतिनिधि सभाले वैकल्पिक सरकार दिन सकेन भने के गर्नुहुन्छ ? 

संविधानले स्थिरता दिनुपर्छ भन्यो, हो । संसदले स्थिरता दिन सकेन भने के गर्नुहुन्छ ? 

यही सरकार कायम रहने, नयाँ सरकार बन्ने वा चुनावमा जाने भन्नेमा पिक्चर कहिले क्लियर हुन्छ ? यो लिंगरिङ कहिलेसम्म ?

अब लम्बिन्छ भन्ने मलाई लाग्दैन । कांग्रेसले मेरो नेतृत्वमा वैकल्पिक सरकार बनाउनुपर्‍यो भनेर भनिसकेपछि र संसदभित्र यो सरकार विरोधी पाटीहरूसँग सरकार बनाउनका लागि पहल गरेपछि कि कांग्रेसको नेतृत्वमा सरकार बन्छ कि निर्णयका लागि जनतामा जानुपर्छ । तेस्रो कुरो के सम्भव छ र ? 

कहिलेसम्म टुंगो लाग्छ ? 

यो कोर्स पूरा हुन, पहिलो चरणको कुरा जसपाको हातमा छ । जसपाले जहिले निर्णय गर्छ, त्यही बेला टुंगो लाग्छ । 

जसपाका माग पूरा गर्न तपाईंहरू तयार हो ? 

पहिला उहाँहरूले राख्नु पर्‍यो नि, हामीले त सहयोगका लागि आग्रह गर्‍यौं । तपाईंहरूलाई सहयोगका लागि हाम्रा यी माग पूरा गर्नुपर्छ भनेर भन्नुपर्‍यो नि । हामीले पूरा गर्न सक्ने भए हामी सक्छौं भन्छौं, नसक्ने भए सक्दैनौं भन्छौं । 

जसपाको एउटा पक्ष प्रधानमन्त्री ओलीसँग नजिकजस्तो देखिन्छ नि ?

उहाँहरूको निश्चितता त छैन नि, अब निर्णय गर्नैपर्ने ठाउँमा पुग्यो । अहिलेसम्म कांग्रेसले निर्णय गरेको छैन भन्नुहुन्थ्यो, हामीले निर्णय गर्‍यौं । निर्णय गर्नुपर्ने दबाब भयो । जसपा धेरै दिन अनिर्णयको बन्दी बन्न हुन्न ।

कांग्रेसको प्राथमिकता प्रतिनिधि सभाको चुनाव हुन्छ कि पार्टीको महाधिवेशन ? 

महाधिवेशन समयमा गर्नुको विकल्प कांग्रेससँग छैन । महाधिवेशनमा अन्यथा गर्न सकिने अवस्था छैन । हामीले भदौभित्र महाधिवेशन गर्नुपर्छ । त्यसका साथसाथै अन्य राजनीतिक गतिविधि अगाडि बढ्दै जाँदा त्यसलाई सम्बोधन त गरेरै जानुपर्‍यो नि !  

यदी भदौमा कांग्रेसको महाधिवेशन गर्नुपर्ने भयो र मंसिरमा चुनाव हुने भयो भने कांग्रेसले भ्याउँछ ? 

हामीले महाधिवेशन भदौमा गर्नुपर्ने बाध्यता छ । इलेक्सन भएपनि गर्नुपर्छ, नभएपनि गर्नुपर्छ । चाँडो भएपनि ढिलो भएपनि गर्नुपर्छ । चुनाव हुने भयो भने महाधिवेशन सँगसँगै चुनावको तयारी गर्छौं । 

भनेपछि मुलुक सरकार भन्दा पनि अर्ली-इलेक्सनमा गएको हो ? 

हाम्रो प्राथमिकता त आफ्नै नेतृत्वमा सरकार बनाउने हो । प्रयत्न गर्ने हो । सरकार बन्यो भने दुई वर्षका लागि सरकार हुन्छ । होइन भने निर्वाचन बाहेकको विकल्प नै छैन । 

जसपा समेत मुस्किलले बहुमत बन्ने सरकारले कत्तिको भरपर्दो होला ?  

मैले प्रस्ट भन्दै आएको छु, प्रतिनिधि सभामा ६४ प्रतिशत मत भएको पार्टीले स्थिरता दिएन भने ३६ प्रतिशतले अहिलेको कुरा भनेको यो सरकारलाई विस्थापित गरेर अर्को सरकार बनाउला भन्ने भोलिको कुरा हो ।

अहिलेको कुरा यो सरकारलाई विस्थापित गरेर अर्को सरकार बनाउने हो, तर त्यो सरकार पनि दुई वर्ष चल्न त्यति सजिलो छैन नि ! ६४ प्रतिशतको हालत त देख्यौं, त्रिशंकु संसद् तीनवटा पार्टी मिलेको सरकार कस्तो होला भोलि नै देखिएला । अहिलेको विकल्प भनेको यो सरकारको विकल्प खोज्ने नै हो । 

तपाईंहरूको पार्टीको नेतृत्वमा सरकार बनेन भने यो सरकारले कार्यकाल पूरा गर्ला ? 

त्यसकारण मैले भनेको कि हाम्रो पक्षमा बहुमत जुट्नु पर्‍यो, कि केपी ओलीसँग बहुमत देखिनुपर्‍यो, कि चुनावमा जानुपर्‍यो । अहिले तीनवटा विकल्प बाहेक के हुनसक्छ ? 

केपी ओलीसँग अहिले बहुमत छ त ! 

ओलीसँग प्राविधिक बहुमत त छ, तर पार्टनरले एट एनी टाइम ब्याक हुन्छु भनेको छ । माओवादीले त्यही भनिरहेको छ । जसपाले यदि कांग्रेसलाई सहयोग गर्ने संस्थागत निर्णय गर्‍यो भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भनेको छ नि त होइन ? 

माओवादीले कच्चा खेल खेलेको हो कि ? 

आफूले समर्थन फिर्ता लिँदा अर्कोतिर बहुमत पुग्यो भने... भनेर माओवादीले फिर्ता नगरेको हो । उहाँहरू तत्काल चुनावमा जान चाहनुहुन्न । 

पछिल्लोपटक माओवादीले धोका दिएको भन्नुहुन्थ्यो, माओवादीसँग फेरि सहकार्यको सम्भावना छ ? 

साथ दिन्छौं भनेर भनिरहनुभएको छ । राजनीतिमा विश्वास–अविश्वास चलिरहने विषय हो । 

कांग्रेसले सरकारको नेतृत्व गर्ने निर्णय गरेको भोलिपल्ट वरिष्ठ नेता रामचन्द्र पौडेलले अविश्वासको प्रस्ताव ल्याएर पनि प्रधानमन्त्रीलाई हटाइन्छ भन्नुभएको थियो नि !

आफ्नो पक्षमा स्पष्ट बहुमत नदेखिँदासम्म नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने काम गर्दैन ।

जताबाट हेर्दा पनि चुनाव हो ? 

कुनै पार्टीको बहुमत हुनुपर्‍यो नि, कि केपी ओलीले बहुमत देखाउनुपर्‍यो कि कांग्रेसले देखाउनु पर्‍यो । कसैको पनि बहुमत नभएर सरकार रहिरहन्छ त ?

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x