०१ असार २०८३, सोमबार

पूर्वराजा ज्ञानेन्द्र सहभागी महाकुम्भ मेलामा कैयौं साधुसन्तलाई कोरोना संक्रमण [भिडियो]

चैत ३०, २०७७
पूर्वराजा ज्ञानेन्द्र सहभागी महाकुम्भ मेलामा कैयौं साधुसन्तलाई कोरोना संक्रमण [भिडियो]

हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र तीर्थस्थल भारतको हरिद्वारमा तीर्थाटनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह समेत पुगेका छन् । उनी विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

तर भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी फैलिरहेका बेला महाकुम्भ मेलाको भीडभाडले झन् जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार महाकुम्भ भेलामा सहभागी कैयौं साधुसन्तमा कोरोना संक्रमण पुष्टि भएको छ । महाकुम्भ मेलामा नेपालबाट पूर्वराजा ज्ञानेन्द्रले समेत भव्य सम्मानका साथ सहभागिता जनाएका छन्, जुन मेलामा कोरोना रोकथामका स्वास्थ्य मापदण्डको उल्लंघन भइरहेको छ ।

महाकुम्भ मेला अन्तर्गत सोमवार दोस्रो शाही स्नान भइरहेको छ । मेलाका स्थानीय अधिकारी दीपक रावतले ५० हजार व्यक्तिको कोरोना जाँच गर्दा कैयौं साधुमा कोरोना पोजेटिभ देखिएको जानकारी भारतीय सञ्चारमाध्यमलाई दिएका छन् ।

कुम्भ मेलाका सहभागीले न मास्क लगाएका छन्, न भौतिक दूरी कायम गरेका छन् । कुम्भ मेलाका आईजी सञ्जय गुञ्ज्यालले कोरोना मापदण्डको पालना गराउन मुस्किल भइरहेको बताए । ‘धेरै भीड भएकाले मापदण्ड उल्लंघन गरेबापत पक्राउ गर्न सम्भव छैन,’ उनले भने, ‘प्रहरीले कडा रूपमा प्रस्तुत हुन खोजेपनि अवस्था झन् बिग्रिनसक्छ ।’

salt training

कमेन्ट गर्नुहोस्