०१ असार २०८३, सोमबार

यसकारण ३० वर्षको उमेरपछि महिलाहरूले लिनुपर्छ क्याल्सियम

चैत ३०, २०७७
यसकारण ३० वर्षको उमेरपछि महिलाहरूले लिनुपर्छ क्याल्सियम

तपाईंको हात गोडा झमझम गर्छ र घरिघरि सुन्निन्छ ? शरीरमा क्याल्सियमको कमी हुँदा यस्ता लक्षण देखिन्छन् । 

मानिसले क्याल्सियम सेवन गर्नु जरूरी छ किनकि शरीरलाई अन्य खनिजभन्दा बढी यसको आवश्यकता बढी पर्छ । हाम्रा हाड र दाँत क्याल्सियमबाट नै बन्छन् । लगभग १ प्रतिशत क्याल्सियम रगत र मांसपेशीमा पाइन्छ । 

महिलाहरू ३० वर्ष कटेपछि हाड कमजोर हुन थाल्छ । रजस्वला, गर्भधारण, स्तनपान र रजोनिवृत्तिका बेलामा महिलाको शरीरमा क्याल्सियमको कमी हुन थाल्छ । 

सन् २०१५ मा गरिएको एक अनुसन्धानअनुसार, संसारभरि लगभग ३.५ अर्ब मानिसमा क्याल्सियमको कमी छ । अझ पुरुषभन्दा बढी महिलालाई क्याल्सियमको कमी देखिएको छ । 

क्याल्सियम कम भएको संकेत
हातगोडा झमझम गर्ने अनि शरीर थाक्ने र सुस्त हुने

निद्रा नआउने र भोक पनि कम लाग्ने 

छाला सुक्खा हुने

दाँत कुहिने, गिजा पोल्ने 

नङ कमजोर हुने वा सेतो चिरा पर्ने

मुटुमा अनायास ढुकढुकी बढ्ने घट्ने ।
 

क्याल्सियमका लागि दुग्ध पदार्थ अत्यावश्यक हुन्छन् । यसबाहेक अण्डाको सेतो भाग, सीफूड, हरियो सागसब्जी, दाल, ड्राई फ्रुट, बुर्काउली, पालुंगो, तोफु, सोयाबीन आदिन पनि खाने गर्नुस् । 
अनि घाममा बस्ने गर्नुस् । त्यसबाट भिटामिन डी प्राप्त हुन्छ र त्यसले शरीरमा क्याल्सियमलाई सोसेर राख्छ । 

यसका लागि क्याल्सियमका गोली वा सप्लिमेन्टको सेवन पनि गर्न सक्नुहुन्छ तर चिकित्सकसँग सल्लाह नगरी नखानुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्