०५ साउन २०८३, मंगलबार

महराले रोजे अन्तर्राष्ट्रिय सम्बन्ध समिति, घनश्याम अर्थ र योगेश शिक्षा समितिमा

महराले रोजे अन्तर्राष्ट्रिय सम्बन्ध समिति, घनश्याम अर्थ र योगेश शिक्षा समितिमा

सभामुख अग्नि सापकोटाले संसदीय समितिमा हेरफेर गरेका छन् ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले समितिका सदस्यको हेरफेर सम्बन्धी सूचना सुनाएका थिए । 

सभामुखबाट राजीनामा गरेपछि कुनै पनि संसदीय समितिमा नरहेका माओवादीका कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समिति रोजेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बाहिरिएका एमालेका घनश्याम भुसाल अर्थ समिति र योगेश भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिको सदस्य बनाइएको छ । 

सरकारबाट बाहिरिएका माओवादी केन्द्रका वर्षमान पुनले अर्थ समिति, विना मगरले विकास तथा प्रविधि तथा गिरिराजमणि पोखरेल शिक्षा समितिमा गएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राज्य व्यवस्था तथा सुशासन समितिबाट कानून, न्याय तथा मानव अधिकार समितिमा गएका छन् । माओवादीकै पम्फा भुसाल पनि राज्य व्यवस्था समितिबाट सार्वजनिक लेखा समितिमा सरेकी छन् ।

एमालेका गोकुल बाँस्कोटा सार्वजनिक लेखा समितिमा गएका छन् भने महेश बस्नेत राज्य व्यवस्था समितिमा गएका छन् । नेकपा एकता भंग भएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेले संसदीय समितिमा हेरफेरको लागि सभामुखलाई आग्रह गर्दै आएको थियो । 

प्रतिनिधि सभाको बैठक वैशाख ७ गतेसम्मको लागि स्थगित भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्