१२ असार २०८३, शुक्रबार

भारतमा कोरोनाको कहर : छिटो दाहसंस्कारका लागि डीजेल हाल्न बाध्य

चैत ३०, २०७७
भारतमा कोरोनाको कहर : छिटो दाहसंस्कारका लागि डीजेल हाल्न बाध्य

‘यो अपमानजनक हो तर हामी के गरौं ? चितामा हरियो काठ छ र ज्वलनशील पदार्थ नहाले बल्दैन । मैले साथीसँग डीजेल मागेर चिता बालें,’ गुजरातको उधनाका अर्जुन पटेल बताउँछन् । 

उनका नातेदारले रामनाथ गेला क्रिमेटोरियम नजिकको खुला मैदानमा चिता बनाएका हुन् । 
 

क्रिमेटोरियम आफैंले काठको चितामा हाल्न भाँडोमा मट्टीतेल उपलब्ध गराएको छ । छिटो दाहसंस्कार सक्नका लागि यसो गरिएको हो । 

अन्त्येष्टिमा घ्यू र चन्दनको काठ आवश्यक परे पनि समयको मागका कारण संस्कार पूरा गर्न मानिसहरूले पाएका छैनन् । परम्परागत रूपमा घ्यू उपयोग गर्नुपर्ने भए पनि अहिले डीजेल र पेट्रोल प्रयोग गर्नुपरेको छ । 

‘उच्च संख्यामा लाश आइरहेकाले सबैलाई समयभित्रै क्रिमेटोरियममा डढाउन गाह्रो छ । ढिलाइ नहोस् भनी परिवार आफैंले काठको चितामा दाहसंस्कार गर्न थालेका छन् । तर सुक्खा काठ पनि अभाव हुन थालेको छ । त्यसैले चिता राम्ररी जलोस् भनी हामीले मट्टीतेल उपलब्ध गराउन थालेका छौं,’ क्रिमेटोरियमका अधिकारीले बताए ।

राति सन्दीप झगडे दुई बोतल पेट्रोल लिएर साथीहरूसँग मिलेर आफन्तको दाहसंस्कार गर्न आए । ‘दुई दिनमा तेस्रोपटक दाहसंस्कार गर्दैछु । दाउरा हरियै छ र प्रज्वलनशील पदार्थ हालेन भने राम्ररी बल्दैन,’ झगडेले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्