०९ असार २०८३, मंगलबार

युट्युवलाई स्वनियमन गर्नुपर्नेमा जोड

युट्युवलाई स्वनियमन गर्नुपर्नेमा जोड

नेपालका अनलाइन टिभीहरुको शुद्धिकरण र सुदृढीकरण आफ्नो कार्यकालको प्राथमिकताको विषय भएको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुले बताएका छन् ।

अनलाइन टीभी पत्रकार सङ्घले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनीहरुले उदाउँदो सञ्चार क्षेत्रलाई तत्काल व्यवस्थापनको खाँचो रहेकोमा जोड दिए । कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले युट्युव पत्रकारितालाई नियन्त्रणका लागि सरकारलाई आह्वान गर्नुभन्दा स्वनियमनमा जानु उपयुक्त हुने धारणा राखे ।

कार्यक्रममा महासङ्घकी महिला उपाध्यक्ष बाला अधिकारीले गाउँ–सहर, देश–विदेश जताततै अनलाइन टेलिभिजन लोकप्रिय हुँदै गएको तर यसको गुणस्तरमा भने सुधार गर्नुपर्ने अवस्था रहेको धारणा राखिन् । महासङ्घका एशोसिएट सचिव पवन आचार्यले महासङ्घले विधागत पत्रकारिताको विकासका लागि एशोसिएट सदस्यताको प्रावधान गरेकाले अनलाइन टेलिभिजन पत्रकार सङ्घलाई पनि एशोसिएट सदस्य बनाए यस क्षेत्रको विकासमा थप सजिलो हुने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्