
मेष-भोजन प्राप्तीको योग छ । योजनासहित पूर्वतयारी गर्दा कार्यसम्पादन सरल रहला । घरमा बजारबाट प्रशस्त मात्रामा सामान किनमेल गरेर ल्याउन सक्नुहुनेछ, अन्न भण्डारमा वृद्धि रहनेछ ।
वृष-पैसा फस्नाले मन दु:खित रहनेछ । बोली बचनमामा ध्यान दिनुहोला, अनावश्यक विवादमा पर्न सक्ने सम्भावना छ । आफ्नो हठी स्वभावले श्रीमान श्रीमतीमा समस्या आउन सक्ला । नाम, दाम र इनामको प्रगति होला ।
मिथुन-राजनैतिक, सामाजिक, औद्योगिक क्षेत्रमा उल्लेख्य प्रगति रहनेछ । रोकिएका कामहरूको सफलता पाउँदा छक्क हुनुहुनेछ । मन उल्लासपूर्ण तरिकाले बित्न सक्ला ।
कर्कट-शुभदिन रहेको छ । रचनात्मक प्रयास गरेमा सफलताको लागि अग्रसर भइने छ । परिवारसँग राम्रो समय बिताउन पाइएला । साथीभाईको सफलतामा साँझको समय राम्रो तरिकाले बित्न सक्ला ।
सिंह-उपहार वा सम्मान पाइनेछ । रोकिएको काम हुनेछ । व्यक्तिगत कारणले तनावमा पर्न सकिन्छ । धैर्यवान हुनुहोस् । विगतका कुरालाई वर्तमानमा नकोट्याउनु होला । मिठो परिकारले मन लोभ्याउन सक्ला ।
कन्या-धन प्राप्तीको योग छ, आफन्तजनहरुले मायाममता दर्शाउन सक्नेछन । जीवन-साथीसँग वार्तालापमा ध्यान दिनुहोला, दाम्पत्य जीवनमा तकरार हुनसक्नेछ । ठुलामान्यजनको मार्गनिर्देशनले जीवनमा सफलता मिल्नेछ ।
तुला-सवारीसाधनमा नयाँठाउँ घुम्न जान पाइने छ । यात्रागर्दा आफ्नो सामानको रक्षा गर्नुहोला, हराउनसक्ने योग छ । धार्मिक, सामाजिक कर्ममा मनअग्रसर भइनेछ ।
वृश्चिक-बच्चाहरूसँग सम्बन्धित राम्रो समाचार प्राप्त गर्न सकिन्छ । शिक्षा -क्षेत्रमा प्रतिस्पर्धामा प्रगति हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ । कार्य पूरा भएपछि आत्मविश्वास बढ्नेछ ।
धनु-गरिएको प्रयास अर्थपूर्ण हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ। पैसा, प्रसिद्धि, ख्याति बढ्नेछ । सम्बन्ध बलियो हुनेछ । तपाईंको बुद्धिमत्ता कौशलको साथ गरिएको काममा सफलता प्राप्त गर्नुहुनेछ।
मकर-जीवनसाथीलाई आकस्मिक उपहार दिन कोशिश गर्नुहोला, सम्बन्धमा मिठास थपिनेछ । आँखा वा पेटका विकारहरूकाबारे सचेत रहनुहोस् । सवारी चलाउँदा सावधानी अपनाउनुहोस् ।
कुम्भ -सन्तानको उन्नति प्रगति देख्दा मनमा खुसीको सीमा बढ्नेछ । डरले कुनै काम नगर्नुहोस् जसले तपाईंको प्रतिष्ठालाई असर गर्छ। थोरै काम गर्नु फाइदाजनक हुन्छ ।
मीन-विवाहित जीवन खुसी हुनेछ। व्यापारमा प्रतिष्ठा बढ्नेछ । आर्थिक पक्ष बलियो हुनेछ । चल वा अचल सम्पत्तीमा बृद्धि हुनेछ । शिक्षाको क्षेत्रमा प्रयास सार्थक हुनेछ ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)