०१ असार २०८३, सोमबार

आजको मौसमः देशका धेरै स्थानमा तुवाँलो, पहाडी भूभागमा वर्षाको सम्भावना

आजको मौसमः देशका धेरै स्थानमा तुवाँलो, पहाडी भूभागमा वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरुमा आंशिक बदली  रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ  । देशका धेरै स्थानहरूमा तुँवालो रहेको पनि महाशाखाको भनाइ छ ।  

महाशाखाले मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा  रहने पूर्वानुमान गरेको छ । पहाडी भूभागका एकदुई स्थानमा अपरान्ह पछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै तुवाँलोको असर पनि रहने छ।

यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्