१७ असार २०८३, बुधबार

दिल्लीमा प्रहरी जवानलाई बेस्सरी पिटे गुण्डाहरूले (भिडियो)

बैशाख ३, २०७८
दिल्लीमा प्रहरी जवानलाई बेस्सरी पिटे गुण्डाहरूले (भिडियो)

भारतको राजधानी दिल्लीमा प्रहरीका एक जवानलाई गुण्डाहरूले बेस्सरी कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । 

बर्दी लगाएका जवान गुण्डाहरूका अगाडि निरीह देखिएका छन् । 

ती कन्स्टेबललाई गुण्डाहरूले अश्लील गाली पनि गरेका थिए । उनी यो राम्रो भइरहेको छैन भन्छन् । कुटपिट गर्ने आरोपितहरू चाहिँ तैंले रक्सी पिएको छस् भन्दै प्रहरीलाई दुर्व्यवहार गर्छन् । 

सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा अर्का प्रहरी पनि देखिन्छन् र उनी कुटपिट गर्नेहरूलाई पछाडि तान्न कोशिश गरिरहेको देखिन्छ । 

दिल्ली प्रहरीका अनुसार, यो भिडियो अप्रिल १ मा उत्तमनगर इलाकामा खिचिएको हो । 

भिडियोलाई प्रहरीले निकै गम्भीरताका साथ लिएको छ । घटनाको अनुसन्धान भइरहेको छ र कारवाही गर्ने बताइएको छ । 

सूत्रहरूका अनुसार, सञ्जय गुप्ता नामक व्यापारीको सुरक्षाका लागि दिल्ली प्रहरीले दुईजना जवानलाई पीएसो बनाएको छ । भिडियोमा देखिएका जवानको नाम सुशील हो । उनी सञ्जयका पुराना पीएसओ हुन् । 

अप्रिल १ मा उनी सञ्जयलाई भेट्न गएका थिए । कुनै कुरामा सञ्जयका भतिजा अश्विनी गुप्तासँग उनको झगडा पर्‍यो । त्यसपछि सुशीलले अश्विनीलाई थप्पड हाने । 

त्यसपछि सञ्जयका भाइ रिंकु गुप्ता र अन्य मानिसले सुशीललाई पिटे ।
 

रिंकु गुप्ता उत्तमनगरमा रिफर्म नामक जिम चलाउँछन् । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्