![कोरोना खोप लगाउने दोस्रो चरणको तालिकामा हेरफेर [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Corona_Khop_7WbzeSjw5g.jpg)
सरकारले कोरोनाको दोस्रो चरणको खोप लगाउने तालिका हेरफेर गरेको छ ।
बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गरी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज खोप लगाउनका लागि तालिका सार्वजनिक गरेको हो ।
खोप लगाउनका लागि १९ वटा केन्द्र तोकिएको छ ।
आफूलाई पायक पर्ने केन्द्रमा पहिलो डोज लगाएको कार्डसहित गएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
