क्यानडामा एकजना सांसद जूम कन्फरेन्स कलमा नग्न भएर देखिएका छन् । पछि उनले अन्य सांसदहरूसँग माफी मागेका थिए ।
विलियम आमोस नामक ती सांसद लिबरल पार्टीका हुन् । भर्चुअल सेसनमा उनको क्यामरा अन हुँदा उनले मोबाइल फोनले गुप्तांग छोपेको देखिन्थ्यो ।
‘आजको गल्तीका लागि म लज्जान्वित भएको छु,’ उनले ट्वीटमार्फत माफी माग्दै लेखे ।
‘म बाहिरबाट आएर लुगा फेर्दै गर्दा मेरो क्यामरा झुक्केर खुलेछ । सबै सांसदहरूसँग म माफी माग्छु । यो जानीजानी गरिएको गल्ती हैन, अब कहिल्यै दोहोर्याउने छैन ।’
क्युबेकका ती सांसदले भर्चुअल सेसनमा सम्बोधन गरेनन् । उनले नग्न अवस्थामा सम्बोधन गरेको भए संसद्को मर्यादा भंग गरेको ठहरिन्थ्यो ।
विपक्षी दलका सचेतक क्लाउड डीबेलफउलले यस घटनाबाट सांसदहरूले पाट सिक्दै सेसन चलेको बेलामा सबै कपडा लगाउनुपर्ने बताए ।