१६ असार २०८३, मंगलबार

कार्यालयमा उपस्थित नहुने गाउँपालिकाका १९ कर्मचारीलाई कारवाही

बैशाख ३, २०७८
कार्यालयमा उपस्थित नहुने गाउँपालिकाका १९ कर्मचारीलाई कारवाही

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा बिदा स्वीकृत नलिई कार्यालयमा उपस्थित नहुने १९ कर्मचारीलाई गाउँपालिकाले विभागीय कारवाही गर्ने भएको छ ।
    
गत चैतको पहिलो हप्तादेखि वैशाख ३ गतेसम्म प्रमुख प्रशासकीय अधिकृतले हाजिरी छड्के निरीक्षण गर्दा १९ कर्मचारीलाई कारवाहीमा तानिएको बताइएको छ । 

कार्यालयमा कार्यरत अधिकृतस्तर छैटौं तहदेखि कार्यालय सहयोगीसम्मका १९ कर्मचारीलाई एकैपटक कारवाही गरिने प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए ।

‘लिखित बिदा स्वीकृत नगराइ कार्यालयमा उपस्थित भएको नपाइएकाले निजहरूलाई प्रचलित कानून बमोजिम कारवाही गरिएको हो,’ उनले भने । पहिलो चरणमा स्पष्टीकरण लिने र प्रचलित कानून बमोजिम कारवाही गरिने आङ्देम्बेले जानकारी दिए ।

कार्यालयमा कार्यरत कर्मचारीले पटक–पटक बिदा स्वीकृत नगरेर कार्यालय बाहिर जाने, बाहिर बस्ने प्रविधि बढेकाले पहिलो चरणमा लिखित स्पष्टीकरण माग्ने र उचित स्पष्टीकरण नआएमा कार्यपालिको बैठकले निर्णय गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइने गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्