१६ असार २०८३, मंगलबार

कोरोना विरुद्धको दोस्रो डोज खोप वैशाख ७ गतेदेखि

बैशाख ४, २०७८
कोरोना विरुद्धको दोस्रो डोज खोप वैशाख ७ गतेदेखि

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो डोज खोप वैशाख ७ गतेबाट लगाइने भएको छ ।

चितवन जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।
 
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा २ समूहमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनका सुरक्षाकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीलाई दोस्रो डोज दिन लागिएको हो । सो चरणमा खोप लगाउनेको संख्या १४ हजार रहेको छ ।
 
दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने यस चरणमा खोप लगाइने छैन । जिल्लामा २७ हजारलाई दोस्रो चरणमा खोप लगाइएको कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिए । दोस्रो चरणका लागि समय नपुगेको र खोप आइनसकेकाले केही समयपछि दोस्रो डोज खोप लगाइने छ ।
 
उनका अनुसार पहिलो चरणमा ५ वटा केन्द्रमार्फत खोप लगाइएको भए पनि दोस्रो चरणमा भने केन्द्र विस्तार गरिएको छ । जिल्लाका ठूला अस्पताल र मेडिकल कलेजमा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई सोही अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ ।

तिवारीका अनुसार जिल्लाका ७ वटै पालिकामा रहेकालाई खोप लगाउन सम्बन्धित पालिकामा नै खोप केन्द्र रहने छन् ।
 
बाँकीका लागि स्वास्थ्य कार्यालय चितवनमा रहेको संस्थागत क्लिनिकमा खोप केन्द्रको व्यवस्था गरिएको छ । उनले भने, ‘लामो समय पालो कुर्न नपर्ने गरी व्यवस्था मिलाएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्