काठमाडौं, १२ पुस — महिलाहरूलाई आफ्नो वजन बढ्ला भन्ने चिन्ताले खुबै सताउँछ । जसरी भएपनि पातलो हुन मन लाग्छ उनीहरूलाई । मोटाइएला भनेर उनीहरू गर्भनिरोधक चक्की पनि खाँदैनन् ।

पेन स्टेट कलेज अफ मेडिसिनले गरेको एक अनुसन्धानका अनुसार मोटो हुन नचाहने महिलाले गर्भनिरोधक चक्की खाँदैनन् ।
तर गर्भनिरोधक औषधी नखाएकै बेस किनकि यसका साइड इफेक्टहरू धेरै हुन्छन् । यस्तो चक्की खाने महिलाहरूको मूड प्रायः खराब हुन्छ । उनीहरू झर्कोफर्को गर्ने र रिसाउने खालका हुन्छन् ।
तर साइड इफेक्टको पीरभन्दा पनि मोटाउने पीरले महिलाहरू गर्भनिरोधक चक्कीबाट बचेको पाइयो । सेक्सुअल्ली एक्टिभ रहेका १८ देखि ४० वर्ष उमेरका महिलामा यो अनुसन्धान गरिएको थियो । उनीहरूले चक्कीको साटो कन्डम वा अन्य उपाय मन पराउने पाइयो ।
एजेन्सी