स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण बढिरहेकाले सबै अस्पताललाई शय्याको उपलब्धता र उपचार पाउने सुनिश्चिताको समन्वय गरेर मात्र बिरामी अन्य अस्पतालमा रिफर गरेर पठाउन निर्देशन दिएको छ ।
मंगलवार मन्त्रालको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणनिधि लोहनीले सबै अस्पताललाई पत्राचार गर्दै कुनै पनि अस्पतालमा आइपुगेका बिरामीको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनु परे अनावश्यक समन्वय गरेर मात्र पठाउन निर्देशन दिए ।
मन्त्रालयले संक्रमण बढेसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाएको छ ।