
आज २०७८ वैशाख ८ गते बुधबार । आजको दिनको राशिफल हेर्नुहोस्
मेष
कुनै पनि व्यक्तिद्वारा विश्वासघात हुन सक्छ, विचार गर्नुहोला । बहुमूल्य चीजहरूको सुरक्षा राख्नुहोस् । स्थायी सम्पत्ती र जग्गा जमिनबाट ठूलो फाइदा लिन सकिन्छ ।
वृष
आज धेरै व्यक्तिहरूले हजुरको उत्साह बढाउनेछन् । प्रेमी-प्रेमिकामा आज केहि मतभेद रहन सक्छ । तपाईले रिसाउनु अघि एक अर्काको भावना बुझ्नुहोस् ।
मिथुन
नजिकका आफन्तहरूको घरमा पुग्न सकिने दिन रहेको छ । रमाइलो वातावरण हुनेछ र कुनै विशेष मुद्दामा पनि छलफल हुनेछ ।
सिंह
पतिपत्नीले आपसी सद्भावले घरको व्यवस्था मिलाउने छन । युवावर्गमा मित्रता बढ्नेछ र प्रेम मामिलामा केहि अप्ठ्यारा परिवर्तन आउन सक्नेछ ।
कन्या
गर्भवती महिलालाई बढी सावधान हुन आवस्यक छ । शेयर बजारमा पैसा लगानी गर्नेहरू पैसा डुब्न सक्नेछ, नया कदम नलिएको नै बेश रहला ।
तुला
तपाईको खाना र पेयमा विशेष ख्याल राख्नुहोस्, बिरामी पर्न सकिने छ । विशेषगरी माइग्रेन बिरामीहरूले समयमै खाना खान छोड्नु हुँदैन, अन्यथा व्यर्थमा भावनात्मक तनावबाट व्यतित हुनु पर्नेछ ।
वृश्चिक
प्रगतिको लागि बाटो प्रशस्त हुनेछन । बेरोजगारी हटाउन प्रयासहरू सफल हुनेछन् । समयको अनुकूलताको फाइदा लिनुहोस् । स्वास्थ्य कमजोर रहन सक्छ । जोखिम नलिनुहोला । खुशी हुनुहोस् ।
धनु
सामान्य टाउको दुख्ने र पेट दुख्न सक्नेछ । समस्या हल हुन सक्नेछ । घरको कुनै पनि सदस्यको मायाले दिन राम्रो बित्नेछ ।
मकर
यदि कुनै भवन निर्माण सम्बन्धी कार्य रोकिएको छ भने आज योजनाको लागि सही समय छ । यदि तपाईं भोज मनाउने सोच्दै हुनुहुन्छ भने, तब आफ्ना राम्रा साथीहरूलाई बोलाउनुहोस् ।
कुम्भ
ब्यापारको काम सहजसँग चल्नेछ तर त्यहाँ एक कर्मचारी को कारण समस्या हुन सक्छ । उचित रणनीति बनाएर काम गर्न आवश्यक छ। कार्यालय वातावरण अनुकूल रहनेछ ।
मीन
खोकी, चिसो र भाइरल ज्वरोको समस्या हुनेछ । लापरवाह नहुनुहोस् र तुरून्त उपचार खोज्नुहोस् । यदि तपाई समयमै सचेत हुनुभयो भने उत्तम हुनेछ ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)