
करिब ८ वर्ष अघि चिनियाँ ब्राण्ड टिसीएल नेपालमा प्रवेश गर्यो ।
उद्योगपति विनोद चौधरीको चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले टिसीएललाई नेपाली बजारमा भित्र्याएको हो ।
सीआरटी टिभी बिक्री गर्दै नेपाली बजारमा आएको टिसीएल अहिले निकै आक्रामक ढंगले व्यापार विस्तार गर्दैछ ।
करिब ८ वर्षको नेपाल यात्रामा टिसीएलले मुलुकको अधिकांश क्षेत्रमा बजार बिस्तार गरिसकेको छ ।
‘मुलुकका ठूला शहरहरूका साथै मुख्य बजारमा पनि हामी पुगिसकेका छौँ,’ टीसीएलका एसिस्टेन्ट जनरल सेल्स म्यानेजर शैलेन्द्र झाले लोकान्तरसँग भने ।
एक अध्ययनका अनुसार टिसीएल यूरोपियन मुलुकहरूमा निकै नै लोकप्रिय रहेको देखाएको उनले जनाए । यस्तै नेपाली बजारमा पनि यसको बजार निकै नै विस्तार भइरहेको छ ।
उनले भने : अध्ययनहरूबाट पुष्टि भइसकेको छ कि टीसीएल गुणस्तरको अर्को नाम हो । गुणस्तरीयता कम्पर्माइज नभएकै कारण ग्राहकको रोजाइमा छ ।'
एलईडीमा नयाँ टिभी
टीसीएलले एलईडी सेग्मेन्टमा नयाँ फिचरसहितको टिभी ल्याएको छ । सी८ सिरिजका सो टिभीमा भ्वाइस रिकग्नाइजेसन फिचर्स रहेको छ । टेलिभिजन प्रयोगकर्ताले आफ्नो आवाजमाार्फत टिभी चलाउन सक्नेछन् ।
आफ्नो आवाजमार्फत आफूले चाहेका जुनसुकै कुरा टिभीमा हेर्न सकिनेछ ।
हाल सी८ सिरिजका ६५ इन्च र ८० इन्चका टीभीहरू टीसीएलले बिक्री गरिरहेको झाले बताए ।
अहिले नयाँ जेनेरेशनले डिजिटल प्रविधिको प्रयोग गर्दै स्मार्ट बन्ने भन्ने चाहन्छ । त्यसकारण एलईडी टिभीमा भ्वाइसबाटै च्यानल बदल्न मिल्ने सुविधा राखिएको छ । ‘बोलेपछि च्यानल चेन्ज हुन्छ, जस्तै हामीले काठमाडौंको मौसम कस्तो छ ? भनेर बोलेको खण्डमा उसले स्क्रिनमा वेदर देखाइदिन्छ ।’
सी८ सिरिजको ५५ इन्च टीभीको मूल्य १ लाख ५९ हजार रुपैयाँ छ भने नयाँ वर्षको अवसरमा हामीले १ लाख २० हजार ५ सय ९० रुपैयाँमा दिइएको छ ।
६५ इन्चको टिभीमा १ लाख ८६ हजार रुपैयाँको १ लाख ४१ हजार ४ सय रुपैयाँमा दिइएको छ । नयाँ वर्षको अवसरमा यो डिस्काउन्ट दिइएको छ ।
टिसीएलका स्मार्ट टिभीहरूमा न्यूनतम २७ हजार ९ सय ९० देखि अधिकतम २ लाख २७ हजार ८ सय ९० रुपैयाँसम्मको मूल्य कायम गरिएको छ ।
टिभि हुँदै रेफ्रिजेरेटर–वाशिङ मसिन र एसीसम्मको यात्रा
करिब ८ वर्ष अगाडि नेपालमा टिसीएल ब्राण्ड आएको थियो । चौधरी ग्रुपले यसलाई नेपाली बजारमा भित्र्याएको हो ।
सीआरटी टिभीबाट बजार शुरू गरेको यस ब्राण्डले अहिले एलईडी टिभी बिक्री गरिरहेको छ ।
झाका अनुसार, अहिले टीसीएलले २४ देखि ७५ इन्चसम्मको एलईडी टिभी बिक्री गरिरहेको छ ।
शुरूमा टिभीको माग धेरै रहेको स्मरण गर्दै उनले अहिले बिस्तारै टिभी पछि रेफ्रीजेरेटर, वाशिङ मसिन र एसीको माग बढ्दै गइरहेको बताए ।
समयसँगै ग्राहकको रोजाइ र चाहना परिवर्तन हुन थालेको झा औंल्याउँछन् ।
उनले भने,‘टीसीएल नेपालमा भित्रिएको समयमा टिभी, वाशिङ मसिन, रेफ्रिजेरेटर वा एसी सबै एउटै परिवारले प्रयोग गर्ने माहोल थिएन, अहिले सबैको चाहना यी ४ चीज हुँदै गएको पाइन्छ ।’
अहिले फ्रीज र टिभीको भन्दा वाशिङ मसिन र एसीको माग बजारमा उच्च रहेको देखिन्छ । झा भन्छन्,‘कम्पनीहरूले पनि यसैलाई फोकस गरिरहेको देखिन्छ ।’
हामीले शुरूमा काम गर्दा र अहिलेमा धेरै परिवर्तन आएको छ । पहिले वाशिङ मसिन, एसी जस्ता सामान लग्जरीयस सामानका रूपमा हेरिएको थियो । तर अहिले यो नियमित रूपमा आवश्यक पर्ने सामान्य सामानजस्तै भएको अवस्था छ ।
कोभिड १९ रोगका कारण भीडभाडमा जान नहुने भनिरहँदा वाशिङ मसिन किन्नेहरूको संख्या बढ्न पुग्यो ।

उनले भने,‘अहिले सबैले आआफ्ना घरमा वाशिङ मसिन राखेर कपडा सफा गर्न थालिसके, कहाँ धोबीलाई पठाउनु, कहाँ काम गर्ने मानिस घरमा राख्नु ।’
एलईडी टिभीसँगै टिसीएलले वाशिङ मसिन र एसीको बिक्रीवितरण गर्दै आइरहेको छ ।
शुरूमा टपलोड वाशिङ मसिनको बिक्री गरिरहेको टिसीएलले विस्तारै फ्रन्ट लोड मसिनको बिक्रीलाई बढावा दिएको छ ।
‘ग्राहकको रुचीमा टप लोडभन्दा फ्रन्ट लोड मसिन नै परेको हामीले पायौं, त्यसैले अहिले यसैलाई प्रायोरिटीका साथ बिक्री गरिरहेका छौं, झाले लोकान्तरसँग भने,‘ एउटामा कपडा धुने र धोइसकेपछि अर्कोमा राख्नुपर्ने झञ्झट रहेको थियो । तर अहिले फ्रन्ट लोड रुचाइएको छ ।’
उनका अनुसार, अहिले वाशिङ मेसिनमा ८, ९ र १० केजीको फ्रन्ट लोड वाशिङ मेसिन बजारमा गइरहेको छ ।
हाल सीजी इलेक्ट्रोनिक्ससँग टिसीएलका न्यूनतम २८ हजार ८ सय ९० रुपैयाँदेखि अधिकतम ६५ हजार ८ सय ९० रुपैयाँ मूल्यसम्मका वाशिङ मसिनहरू रहेका छन् ।
टिसीएलले बजारमा नयाँ एसी सार्वजनिक गर्दै छ । अबको केही दिनमै नयाँ इन्भर्टर एसी सार्वजनिक हुने झा बताउँछन् ।
यो एसीसँगै टिसीएलसँग अहिले अहिले स्प्लिट एसी, स्ट्याण्ड एसी र क्यासेड एसी रहेको छ ।
एसीहरूमा न्यूनतम ४७ हजार ५ सय ९० रुपैयाँदेखि १ लाख ८४ हजार ८ सय ९० रुपैयाँसम्मका टिसीएलका एसीहरू सीजी इलेक्ट्रोनिक्ससँग रहेका छन् ।
बिक्रीपछिको सेवा मुख्य प्राथमिकतामा
अहिले बजारमा उपभोक्ताले सामानका साथसाथै बिक्रीपछिको सेवालाई महत्वका साथ हेर्ने गरेको पाइन्छ ।
गुनासोको सुनुवाई अथवा समयमै आएर सामानको मर्मत गरिदिने कम्पनीलाई नै उपभोक्ताले रोज्ने गरेका छन् । टिसीएलले पनि बिक्री पछिको सेवालाई मुख्य प्राथमिकतामा राखेको झा बताउँछन् । उनले भने,‘गुनासो आउन सक्छ, तर त्यसको व्यवस्थापन हामीले सकेसम्मको छिटो गर्ने गरेका छौं ।’
बिक्रीपछिको सेवाका लागि मुख्य बजारहरूमा आफ्नै सर्भिस सेन्टरहरू स्थापना भएको छ भने यसलाई बढाउँदै लैजाने झाले बताए ।
बजारमा के आउँदैछ नयाँ ?
नयाँ वर्ष र त्यसको केही महिनापछिको चाडपर्वलाई लक्षित गर्दै सीजीले टिसीएलको क्यूलेड टिभी आगामी दशैंसम्ममा ल्याउने जनाएको छ ।
झाका अनुसार, यो टिभी नेपालको लागि नयाँ हो । यो सेग्मेन्ट अहिले बजारमा भएको ब्राण्डेड टिभीभन्दा राम्रो मूल्यमा पाउने उनले बताए । यो सेग्मेन्ट अहिले बजारमा प्रचलित टिभीहरूको मूल्यभन्दा केही महँगो पर्नेछ ।
टिसीएलले बजारमा नयाँ एसी सार्वजनिक गर्दै छ । अबको केही दिनमै नयाँ इन्भर्टर एसी सार्वजनिक हुने झा बताउँछन् ।
यो एसीसँगै टिसीएलसँग अहिले अहिले स्प्लिट एसी, स्ट्याण्ड एसी र क्यासेड एसी रहेको छ ।
यस्तै साइड बाई साइड रेफ्रिजेरेटर आगामी असारसम्ममा नेपाली बजारमा सार्वजनिक हुनेछ । यो रेफ्रिजेरेटर प्रिमियम मूल्यमा पाइनेछ । उनले भने,‘टिसीएस ब्राण्डमा यो हामीले पहिलो पटक लञ्च गर्न लागेका हौं ।’
यस्तै, वाशिङ मसिनअन्तर्गत १० केजीको फ्रन्ट लोड वाशिङ मसिन आगामी जेठ महिनामा नेपाली बजारमा सार्वजनिक गर्ने तयारीमा सीजी इलेक्ट्रोनिक्स छ ।