×

NMB BANK
NIC ASIA

गुणस्तरको अर्को नाम चौधरी ग्रुपको 'टीसीएल', आक्रामक रूपमा बजार विस्तार गर्दै

बैशाख ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

करिब ८ वर्ष अघि चिनियाँ ब्राण्ड टिसीएल नेपालमा प्रवेश गर्‍यो । 

Muktinath Bank

उद्योगपति विनोद चौधरीको चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले टिसीएललाई नेपाली बजारमा भित्र्याएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीआरटी टिभी बिक्री गर्दै नेपाली बजारमा आएको टिसीएल अहिले निकै आक्रामक ढंगले व्यापार विस्तार गर्दैछ ।


Advertisment
Nabil box
Kumari

करिब ८ वर्षको नेपाल यात्रामा टिसीएलले मुलुकको अधिकांश क्षेत्रमा बजार बिस्तार गरिसकेको छ ।  

Vianet communication
Laxmi Bank

‘मुलुकका ठूला शहरहरूका साथै मुख्य बजारमा पनि हामी पुगिसकेका छौँ,’ टीसीएलका एसिस्टेन्ट जनरल सेल्स म्यानेजर शैलेन्द्र झाले लोकान्तरसँग भने ।

एक अध्ययनका अनुसार टिसीएल यूरोपियन मुलुकहरूमा निकै नै लोकप्रिय रहेको देखाएको उनले जनाए । यस्तै नेपाली बजारमा पनि यसको बजार निकै नै विस्तार भइरहेको छ । 

उनले भने : अध्ययनहरूबाट पुष्टि भइसकेको छ कि टीसीएल गुणस्तरको अर्को नाम हो । गुणस्तरीयता कम्पर्माइज नभएकै कारण ग्राहकको रोजाइमा छ ।'

एलईडीमा नयाँ टिभी

टीसीएलले एलईडी सेग्मेन्टमा नयाँ फिचरसहितको टिभी ल्याएको छ । सी८ सिरिजका सो टिभीमा भ्वाइस रिकग्नाइजेसन फिचर्स रहेको छ । टेलिभिजन प्रयोगकर्ताले आफ्नो आवाजमाार्फत टिभी चलाउन सक्नेछन् । 

आफ्नो आवाजमार्फत आफूले चाहेका जुनसुकै कुरा टिभीमा हेर्न सकिनेछ ।

हाल सी८ सिरिजका ६५ इन्च र ८० इन्चका टीभीहरू टीसीएलले बिक्री गरिरहेको झाले बताए । 

अहिले नयाँ जेनेरेशनले डिजिटल प्रविधिको प्रयोग गर्दै स्मार्ट बन्ने भन्ने चाहन्छ । त्यसकारण एलईडी टिभीमा भ्वाइसबाटै च्यानल बदल्न मिल्ने सुविधा राखिएको छ । ‘बोलेपछि च्यानल चेन्ज हुन्छ, जस्तै हामीले काठमाडौंको मौसम कस्तो छ ? भनेर बोलेको खण्डमा उसले स्क्रिनमा वेदर देखाइदिन्छ ।’

सी८ सिरिजको ५५ इन्च टीभीको मूल्य १ लाख ५९ हजार रुपैयाँ छ भने नयाँ वर्षको अवसरमा हामीले १ लाख २० हजार ५ सय ९० रुपैयाँमा दिइएको छ । 

६५ इन्चको टिभीमा १ लाख ८६ हजार रुपैयाँको १ लाख ४१ हजार ४ सय रुपैयाँमा दिइएको छ । नयाँ वर्षको अवसरमा यो डिस्काउन्ट दिइएको छ  । 

टिसीएलका स्मार्ट टिभीहरूमा न्यूनतम २७ हजार ९ सय ९० देखि अधिकतम २ लाख २७ हजार ८ सय ९० रुपैयाँसम्मको मूल्य कायम गरिएको छ । 

टिभि हुँदै रेफ्रिजेरेटर–वाशिङ मसिन र एसीसम्मको यात्रा

करिब ८ वर्ष अगाडि नेपालमा टिसीएल ब्राण्ड आएको थियो । चौधरी ग्रुपले यसलाई नेपाली बजारमा भित्र्याएको हो । 

सीआरटी टिभीबाट बजार शुरू गरेको यस ब्राण्डले अहिले एलईडी टिभी बिक्री गरिरहेको छ । 

झाका अनुसार, अहिले टीसीएलले २४ देखि ७५ इन्चसम्मको एलईडी टिभी बिक्री गरिरहेको छ । 

शुरूमा टिभीको माग धेरै रहेको स्मरण गर्दै उनले अहिले बिस्तारै टिभी पछि रेफ्रीजेरेटर, वाशिङ मसिन र एसीको माग बढ्दै गइरहेको बताए ।

समयसँगै ग्राहकको रोजाइ र चाहना परिवर्तन हुन थालेको झा औंल्याउँछन् । 

उनले भने,‘टीसीएल नेपालमा भित्रिएको समयमा टिभी, वाशिङ मसिन, रेफ्रिजेरेटर वा एसी सबै एउटै परिवारले प्रयोग गर्ने माहोल थिएन, अहिले सबैको चाहना यी ४ चीज हुँदै गएको पाइन्छ ।’

अहिले फ्रीज र टिभीको भन्दा वाशिङ मसिन र एसीको माग बजारमा उच्च रहेको देखिन्छ । झा भन्छन्,‘कम्पनीहरूले पनि यसैलाई फोकस गरिरहेको देखिन्छ ।’

हामीले शुरूमा काम गर्दा र अहिलेमा धेरै परिवर्तन आएको छ । पहिले वाशिङ मसिन, एसी जस्ता सामान लग्जरीयस सामानका रूपमा हेरिएको थियो । तर  अहिले यो नियमित रूपमा आवश्यक पर्ने सामान्य सामानजस्तै भएको अवस्था छ ।

कोभिड १९ रोगका कारण भीडभाडमा जान नहुने भनिरहँदा वाशिङ मसिन किन्नेहरूको संख्या बढ्न पुग्यो । 

उनले भने,‘अहिले सबैले आआफ्ना घरमा वाशिङ मसिन राखेर कपडा सफा गर्न थालिसके, कहाँ धोबीलाई पठाउनु, कहाँ काम गर्ने मानिस घरमा राख्नु ।’

एलईडी टिभीसँगै टिसीएलले वाशिङ मसिन र एसीको बिक्रीवितरण गर्दै आइरहेको छ । 

शुरूमा टपलोड वाशिङ मसिनको बिक्री गरिरहेको टिसीएलले विस्तारै फ्रन्ट लोड मसिनको बिक्रीलाई बढावा दिएको छ ।

‘ग्राहकको रुचीमा टप लोडभन्दा फ्रन्ट लोड मसिन नै परेको हामीले पायौं, त्यसैले अहिले यसैलाई प्रायोरिटीका साथ बिक्री गरिरहेका छौं, झाले लोकान्तरसँग भने,‘ एउटामा कपडा धुने र धोइसकेपछि अर्कोमा राख्नुपर्ने झञ्झट रहेको थियो । तर अहिले फ्रन्ट लोड रुचाइएको छ ।’

उनका अनुसार, अहिले वाशिङ मेसिनमा ८, ९ र १० केजीको फ्रन्ट लोड वाशिङ मेसिन बजारमा गइरहेको छ । 

हाल सीजी इलेक्ट्रोनिक्ससँग टिसीएलका न्यूनतम २८ हजार ८ सय ९० रुपैयाँदेखि अधिकतम ६५ हजार ८ सय ९० रुपैयाँ मूल्यसम्मका वाशिङ मसिनहरू रहेका छन् । 

टिसीएलले बजारमा नयाँ एसी सार्वजनिक गर्दै छ । अबको केही दिनमै नयाँ इन्भर्टर एसी सार्वजनिक हुने झा बताउँछन् ।  

यो एसीसँगै टिसीएलसँग अहिले अहिले स्प्लिट एसी, स्ट्याण्ड एसी र क्यासेड एसी रहेको छ । 

एसीहरूमा न्यूनतम ४७ हजार ५ सय ९० रुपैयाँदेखि  १ लाख ८४ हजार ८ सय ९० रुपैयाँसम्मका टिसीएलका एसीहरू सीजी इलेक्ट्रोनिक्ससँग रहेका छन् । 

बिक्रीपछिको सेवा मुख्य प्राथमिकतामा 

अहिले बजारमा उपभोक्ताले सामानका साथसाथै बिक्रीपछिको सेवालाई महत्वका साथ हेर्ने गरेको पाइन्छ ।

गुनासोको सुनुवाई अथवा समयमै आएर सामानको मर्मत गरिदिने कम्पनीलाई नै उपभोक्ताले रोज्ने गरेका छन् । टिसीएलले पनि बिक्री पछिको सेवालाई मुख्य प्राथमिकतामा राखेको झा बताउँछन् । उनले भने,‘गुनासो आउन सक्छ, तर त्यसको व्यवस्थापन हामीले सकेसम्मको छिटो गर्ने गरेका छौं ।’

बिक्रीपछिको सेवाका लागि मुख्य बजारहरूमा आफ्नै सर्भिस सेन्टरहरू स्थापना भएको छ भने यसलाई बढाउँदै लैजाने झाले बताए ।

बजारमा के आउँदैछ नयाँ ? 
नयाँ वर्ष र त्यसको केही महिनापछिको चाडपर्वलाई लक्षित गर्दै सीजीले टिसीएलको क्यूलेड टिभी आगामी दशैंसम्ममा ल्याउने जनाएको छ ।

झाका अनुसार, यो टिभी नेपालको लागि नयाँ हो । यो सेग्मेन्ट अहिले बजारमा भएको ब्राण्डेड टिभीभन्दा राम्रो मूल्यमा पाउने उनले बताए । यो सेग्मेन्ट अहिले बजारमा प्रचलित टिभीहरूको मूल्यभन्दा केही महँगो पर्नेछ । 

टिसीएलले बजारमा नयाँ एसी सार्वजनिक गर्दै छ । अबको केही दिनमै नयाँ इन्भर्टर एसी सार्वजनिक हुने झा बताउँछन् ।  

यो एसीसँगै टिसीएलसँग अहिले अहिले स्प्लिट एसी, स्ट्याण्ड एसी र क्यासेड एसी रहेको छ । 

यस्तै  साइड बाई साइड रेफ्रिजेरेटर आगामी असारसम्ममा नेपाली बजारमा सार्वजनिक हुनेछ । यो रेफ्रिजेरेटर प्रिमियम मूल्यमा पाइनेछ । उनले भने,‘टिसीएस ब्राण्डमा यो हामीले पहिलो पटक लञ्च गर्न लागेका हौं ।’

यस्तै, वाशिङ मसिनअन्तर्गत १० केजीको फ्रन्ट लोड वाशिङ मसिन आगामी जेठ महिनामा नेपाली बजारमा सार्वजनिक गर्ने तयारीमा सीजी इलेक्ट्रोनिक्स छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x