०१ असार २०८३, सोमबार

चीनका राष्ट्रपतिले अमेरिकालाई भने– अर्कालाई धाकधक्कु देखाउँदै हिँड्ने हैन

बैशाख ८, २०७८
चीनका राष्ट्रपतिले अमेरिकालाई भने– अर्कालाई धाकधक्कु देखाउँदै हिँड्ने हैन

चीनका राष्ट्रपति सी चिनफिङले चीनका विरुद्ध अमेरिकाले चलाएको अभियानलाई परास्त गर्न विश्वव्यापी सहकार्यका लागि आह्वान गरेका छन् । 

महामारीबाट उक्सनका लागि खुला विश्व अर्थतन्त्र अपरिहार्य रहेको पनि उनले बताए । 

‘पर्खाल ठड्याउने वा सम्बन्ध विच्छेद गर्ने काम अर्थशास्त्र तथा बजारका सिद्धान्तको नियमविपरीत छ,’ सीले बोओओ फोरम फर एसियामा भिडियोमार्फत कुराकानी गर्दै बताए । ‘त्यसले अरूको हितलाई हानि गर्छ र आफैंलाई पनि फाइदा गर्दैन ।’

‘केही देशले बनाएको नियम अरूमाथि थोपर्न मिल्दैन अनि केही देशले अपनाएको एकपक्षीयतावादले सारा संसारलाई अनुसरण गराउन मिल्दैन,’ सीले भने । ‘ठूला देशहरूले आफ्नो हैसियतअनुरूपको व्यवहार देखाउनुपर्छ र जिम्मेवारीका साथ काम गर्नुपर्छ ।’

सीले आफ्नो सम्बोधनमा कुनै पनि देशको नाम लिएनन् । चिनियाँ नेताहरू अरूको नाम सार्वजनिक रूपमा लिएर बेइज्जती गराउँदैनन् । तर उनको टिप्पणी अमेरिकाप्रति लक्षित थियो । हालका महिनामा अमेरिकाले चीनमाथि दबाब बढाउँदै लगेको छ । 

‘अर्कालाई धाकधक्कु देखाउँदै हिँड्ने र अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कामलाई कसैले पनि समर्थन गर्दैन,’ सीले उक्त फोरममा बताए । 

उक्त कार्यक्रममा हजारौं कार्यकारी तथा राजनीतिक नेताहरू उपस्थित थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्