३२ असार २०८३, बिहीबार

चीनले अरू खोप लगाएकाहरूलाई पनि प्रवेश गर्न दिने

बैशाख ८, २०७८
चीनले अरू खोप लगाएकाहरूलाई पनि प्रवेश गर्न दिने

चीनले देशभित्रै बनाएको खोपलाई प्रवर्द्धन गर्न खोजेको भए पनि वास्तविकतालाई सामना गर्नुपरेको छ । 

गत मार्च महिनामा बेइजिङले चिनियाँ खोप लगाएका विदेशीहरूलाई चीनको प्रवेशाज्ञा सहज बनाउने नयाँ नीति ल्याएको थियो । यसले गर्दा विश्व विभिन्न खोपको खेमामा बाँडिने भनी विज्ञहरूले चेतावनी दिएका थिए । 

यसमा व्यावहारिक समस्या पनि थियो । धेरै देशमा चिनियाँ खोपलाई सरकारले मान्यता नदिएकाले लगाउन असम्भव छ । 

चिनियाँ अधिकारी तथा सरकारी सञ्चारमाध्यमले विदेशी खोपको खुलमखुला आलोचना गर्दै तिनमा जोखिम रहेको भन्ने गरेका छन् । चीनमा बनेका खोपहरूप्रति समर्थन जुटाउन उनीहरूले यसो गरेका हुन् । 
 

वाशिङटनमा रहेको चिनियाँ दूतावासले हालै एक बयान जारी गरेर अमेरिकाले मान्यता दिएको फाइजर, बायोएनटेक, मोडर्ना र जोनसन यान्ड जोनसन लगाएका मानिसले चीन जाँदा के के स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने उल्लेख गरेको छ ।

चीनमा कारोबार सुचारु भएको र संक्रमणको दर घटेको अवस्थामा धेरै मानिस चीन जान खोजिरहेका छन् ।

मार्च महिनामा चीनले खोप प्रवेशाज्ञाका रूपमा अन्तर्राष्ट्रिय यात्रा स्वास्थ्य प्रमाणपत्र जारी गरेको छ । त्यो लिएपछि खोप लगाएका मानिसले थप स्वतन्त्र रूपमा यात्रा गर्न पाउनेछन् । 

अनि चीनले विदेशमा बनेका खोपहरू स्वीकृत गर्न खोज्दैछ । त्यसो हुँदा विदेशमा बस्ने चिनियाँहरू र चीन जान खोज्ने विदेशीहरूलाई प्रमाणपत्र लिन सहज हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्