१० असार २०८३, बुधबार

कोरोनाबाट हेटौंडा र वीरगञ्जमा २ जनाको मृत्यु

बैशाख ८, २०७८
कोरोनाबाट हेटौंडा र वीरगञ्जमा २ जनाको मृत्यु

मकवानपुर जिल्लाको हेटौंडामा कोरोना संक्रमणबाट बुधवार १ वृद्धको मृत्यु भएको छ ।

कोरोना पृष्टि भएको हेटौंडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले बताए । शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।

तराईको बारा र पर्सा जिल्लाको सीमासँग जोडिएको र सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोनाको जोखिम बढेको छ ।

यस्तै, वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत १ कोरोना संक्रमित पुरुषको बुधवार बिहान मृत्यु भएको छ । सर्लाहीको मलङ्गवा–३ निवासी ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएका पुरुषलाई वैशाख ७ गते मंगलवार अस्पतालमा भर्ना गराइएको र सोही दिन उनको एन्टिजेट किटबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएकोे नारायाणी अस्पतालका कोभिड कोडिनेटर डा. सरोज रोशन दासले जानकारी दिए ।

अस्पताल भर्ना हुँदा उनको दुवै फोक्सोमा कडा निमोनिया भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्