१० असार २०८३, बुधबार

विवाहअघि नै बच्चा पाउन मलाई आपत्ति छैन : श्रुति हासन

कात्तिक २०, २०७४
विवाहअघि नै बच्चा पाउन मलाई आपत्ति छैन : श्रुति हासन

काठमाडौं, १४ जेठ — सुप्रसिद्ध भारतीय अभिनेता कमल हासनकी छोरी तथा बलिउड अभिनेत्री श्रुति हासनले एक बोल्ड अभिव्यक्ति दिएकी छन् ।


हालै विवाह तथा बालबालिका शीर्षकमा उनले आफ्नो विचार राख्दै विवाहअघि नै बच्चा जन्माउन आफू तयार रहेको बताएकी छन् ।

उनले भनिन्, ‘म अहिले विवाहका बारेमा सोचिरहेको छैन तर समय आएपछि बिहे गर्छु । मैले सही केटा भेटें भने विवाहअघि नै उसँग मिलेर बच्चा जन्माउँछु । मलाई मिडिया र अन्य मानिससँग मतलब छैन ।’

विवाहअघि नै बच्चा पाउनु भारतीय समाजमा ठूलो पापका रूपमा लिइन्छ । त्यसैले श्रुतिको बयान समाजसँग सिधै भिड्ने किसिमको छ ।

श्रुतिसँग अहिले बलिउडमा कुनै पनि फिल्म छैनन् ।

एजेन्सी


salt training

कमेन्ट गर्नुहोस्