०१ असार २०८३, सोमबार
तोडियो संवादहीनता

ओली–माधव नेपाल वार्ता

ओली–माधव नेपाल वार्ता

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको समयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ ।

राजधानीको मेरियट होटलमा प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता शुरू भएको हो ।

माधव नेपाल पक्षका प्रभावशाली युवा नेता योगेश भट्टराईले बुधवार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर छलफलबाटै पार्टी एकता जोगाउन आग्रह गरेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएको स्रोतको दाबी छ ।

यसअघि पछिल्लोपटक गत चैत्र २ गते धुम्बाराहीस्थित पार्टी कार्यालयमा ओली र नेपालबीच भेटवार्ता भएको थियो ।

माधव नेपाल पक्षका २७ जना सांसदहरूलाई कारवाहीका लागि स्पष्टीकरण सोधिएको भोलिपल्टै ओली र नेपालबीच भएको भेटवार्तालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्