१० असार २०८३, बुधबार

पत्रकार अधिकारीको कोरोना भाइरस संक्रमणबाट मृत्यु

बैशाख ९, २०७८
पत्रकार अधिकारीको कोरोना भाइरस संक्रमणबाट मृत्यु

दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मंगलवार राति काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासंघ दाङमा निर्वाचनमा मतदान गररेका थिए । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौं लगिएको थियो । गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा व्यवसायमा पनि संलग्न थिए ।

परिवारका एक्ला छोरा अधिकारीका पत्नी, १ छोरा र छोरी छन् ।

salt training

कमेन्ट गर्नुहोस्