
भारतीय कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सीताराम येचुरीलाई पुत्रशोक परेको छ ।
कोरोना भाइरस संक्रमणबाट बिरामी परेका नेता येचुरीका छोरा आशिषको ३४ वर्षकै उमेरमा मृत्यु भएको हो ।
भारतको मेदान्त अस्पतालमा उपचाररत आशिषको कोरोनाले मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आशिषको स्वास्थ्यमा सुधार हुँदै गएपनि बिहीवार बिहान साढे ५ बजे अकस्मात मृत्यु भएको जनाइएको छ ।
नेता येचुरीले ट्विटरमा लेखेका छन्, ‘मैले दुःखका साथ भन्नुपरेको छ कि मेरो जेठो छोराको कोरोनाका कारण निधन भयो । छोराको स्वास्थ्य लाभको कामना गरेका र उपचामा संलग्न सबैलाई म धन्यवाद दिन्छु । यसमा डाक्टर, नर्स, फ्रन्टलाइन स्वास्थ्यकर्मी सहभागी छन् ।’
भारतमा कोरोनाले भयावह रूप लिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि भारतमा अक्सिजन र भेन्टिलेटरको अभाव देखिएको छ ।
It is with great sadness that I have to inform that I lost my elder son, Ashish Yechury to COVID-19 this morning. I want to thank all those who gave us hope and who treated him - doctors, nurses, frontline health workers, sanitation workers and innumerable others who stood by us.
— Sitaram Yechury (@SitaramYechury) April 22, 2021