११ असार २०८३, बिहीबार

नारायणी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

बैशाख ९, २०७८
नारायणी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत १ कोरोना संक्रमित महिलाको बिहीवार बिहान मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको बिहीवार बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा बिहीवार बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

उनले वैशाख ३ गते नै संक्रमण पुष्टि भएर महिलालाई होम क्वारेन्टीनमा राखिएको भए पनि स्वास्थ्य अवस्था बिगिँ्रदै गएपछि अस्पतालको आईसीयूमा भर्ना गरी उपचार हुँदै आएको बताए ।

यससँगै कोरोना संक्रमणकै कारण पर्सामा मृत्यु हुनेको संख्या ५९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिलो १ हप्ताभित्र कोरोना संक्रमणकै कारण पर्सामा ६ संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्