काठमाडौंमा जारी त्रिदेशीय ट्वी-ट्वान्टी क्रिकेट शृंखलामा नेपालले मलेसियासामु २१८ रनको चुनौती पेश गरेको छ ।
निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा नेपाल २१७ रन जोड्न सफल भयो ।
१३ बलमा ४५ रन बनाउने गरी करण केसीले आक्रामक ब्याटिङ गरेपछि नेपालले उच्च स्कोर जोड्न सफल भएको हो ।
४५ रनमध्ये ४२ रन उनले ७ वटा छक्काको मद्दतमा जोडेका थिए ।