क्रिस्टियानो रोनाल्डोलाई आफ्नो क्लबको भन्दा पनि अनुहारको चिन्ता लागेको भन्दै आलोचना गरिएको छ ।
पार्माविरुद्धको खेलमा बुधवार राति २५औं मिनेटमा पार्माले फ्रीकिक पाएपछि रोक्नका लागि उभिएको वालका एक सदस्यका रूपमा रोनाल्डोले कमजोर प्रयास गरेका थिए ।
मिडफील्डर ग्यास्टोन ब्रुगम्यानले फ्रीकिकमा गोल गरेका थिए ।
रोनाल्डोको टाउकोको ठीक माथिबाट बल गएपछि उनको प्रतिबद्धतामा प्रश्न उठेको हो ।
अन्य खेलाडीले जस्तै उनी पनि माथि उफ्रेर बल रोक्ने प्रयास गर्लान् भन्ने अपेक्षा थियो । तर उनी अनुहारलाई दुवै हातले छोपेर उभिएका थिए अगाडिपट्टि गोडा लुत्रुक्क राखेका थिए ।
त्यसपछि उनले आफूमाथिबाट बल उडेको हेरे अनि मैदानको मध्यभागतिर दौडिए ।
रोनाल्डोको यो हर्कतलाई सामाजिक सञ्जालमा खुबै उडाइयो । उनलाई हिरोको जस्तो अनुहार जोगाउने चिन्ता भएको भन्दै प्रयोगकर्ताहरूले टिप्पणी गरे ।
तर युभेन्टसले खेल ३–१ ले जितेकाले रोनाल्डोको चर्को आलोचना चाहिँ भएन ।
Cristiano Ronaldo in the wall... 😅 pic.twitter.com/iezZpf9w1E
— ESPN FC (@ESPNFC) April 21, 2021