हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।
महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार शुक्रबार दिउँसो सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ ।
सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती भने देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।